गोरखा, १० माघ ।
जिल्लाको आरुपोखरी गाउँ विकास समितिमा हिजो पहिलोपटक यात्रुबाहक बस पुगेको छ । गोरखा यातायातको ना३ख७९७८ नम्बरको बस गाउँमा आएपछि खुसी हुँदै गाउँलेले पञ्चैबाजाले स्वागत गर्नुका साथै चालक र सह–चालकलाई अबिर–माला लगाई दक्षिणासमेत दिएका थिए ।गोरखा सदरमुकाबाट झिंगटे, घ्याम्पेसाल, गैरीछाप हुँदै ४० किलोमिटरको कच्चीबाटो पार गरी बस आरुपोखरी पुगेको हो । गाउँमा बस पुगेपछि आरुपोखरीबासीलाई चारघण्टा लगाएर आरुघाट र घ्याम्पेसाल बस चढ्न जानुपर्ने झन्झट हटेको छ ।