कपिलवस्तु पुस २४ गते ।
कपिलवस्तुका उखु किसानहरुले चिनी मिलले उचित मूल्य नदिए पनि क्रसर उद्योगका कारण उखुको राम्रो मूल्य पाएका छन् । पछिल्ला वर्षहरु भन्दा राम्रो दर उखु विक्रि भएपछि किसानहरु उत्साहित भएका हुन् । गत वर्षको तुलनामा कम उखु खेती गरिएपनि यसले बजार पाएपछि पुन उनीहरु यसतर्फ आर्कषित भएका छन् ।
सरकारले गत वर्ष उखुको मूल्यप्रति क्यूटल ४०१ रुपैयाँ कायम गरे पनि उखु मिलले त्यो मूल्यमा खरिद गर्न आनाकानी गरेको किसानहरु बताउँछन् । अहिले उखु मिलले ३५० देखि ३७५ रुपैया प्रति क्वीन्टलमा उखु खरिद गरिरहेको छ ।