Responsive Ad Slot

latest

सिआरबिटी चोरी गर्ने लोक गायक यमबहादुर क्षेत्री पक्राउ I

Friday, January 20

/ by Admin BHOLA THAPA

काठमाडौ, माघ ६,


आफ्नो गीत अर्काको मोबाइलमा राखिदिएर कमिसन खान खोज्ने लोक गायक प्रहरी फन्दामा परेका छन् । आफ्नो गीत 'शीतल दिने पीपल स्वामी छ' बोलको गीत डाउनलोड गरी ठगी गर्ने पर्वतका यमबहादुर क्षेत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

क्षेत्रीले वास्तविक मोबाइल प्रयोगकर्ताको जानकारी र अनुमतिबिना पासवर्ड चोरी गरेर गीत डाउनलोड गरिरहेको ब्युरोका डिएसपी ओम अधिकारीले बताए । उनका अनुसार क्षेत्रीले आफ्नो स्वामित्वमा रहेका गीतहरू हजारौं प्रयोकर्ताको नाममा डाउनलोड भएको छ ।

डाउनलोड गरेबापत गायक वा स्वामित्वकर्तालाई ३ रुपैयाँ ७६ पैसा नाफा हुने गर्छ । क्षेत्रीले अहिलेसम्म उनको स्वामित्वमा रहेको ४९.२४४.११६.२२४ नम्बरको आइपी ठेगानाबाट एनटिसीको नम्बरमा प्रयोग हुने (सिआरबिटी), एनसेलको नम्बरमा प्रयोग हुने (पिआरबिटी) र खाडी मुलुकका मोबाइलमा प्रयोग हुने (आरबिटी) बाट गीतहरू डाउनलोड गरेको भेटिएको थियो । उनले २१ हजार पटक भन्दा बढी गीत डाउनलोड गरेको स्वीकार गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI