Responsive Ad Slot

latest

आदिवासी अन्तर्राष्ट्रिय सम्मेलन आज सकिँदै I

Saturday, January 21

/ by Admin BHOLA THAPA
धरान माघ ७ गते । धरानमा अस्तिदेखि चलिरहेको आदिवासी जनजातिको आत्मनिर्णणको अधिकार र स्वायत्तताको अभ्यासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलन आज सकिँदै छ । ल्याटिन अमेरिका, स्वीजरल्याण्ड, भारत, वंगलादेश र क्यानडा लगायतको मुलुकबाट सहभागी भएको सम्मेलनमा आत्मनिर्णय र स्वायत्तता विषयका ज्ञातावाट विभिन्न ३२ कार्यपत्रको प्रस्तुतिपछि आज घोषणापत्र जारी गरी सम्मेलन सकिन लागेको हो । 

 सम्मेलनमा आदिवासी जनजाति संस्थाका प्रतिनिधि, बुद्धिजीवी, अभियन्ता, सभासद, परम्परागत धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, पहिचानका लागि लडिरहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि र राजनीतिक पार्टी सम्बद्ध आदिवासी जनजाति भातृ सङ्गठनहरूका प्रतिनिधिहरू ५ सय जनाको सहभागिता रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI