रुपन्देही ,पुस २९ गते ।
गौतम बुद्ध बिमानस्थलको स्तरोन्तीको लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा बितरणमा उत्पन्न समस्याको सम्बन्धमा पुनराबेदन अदालत बुटवलले मुलयाङ्कन समितिलाई कारण देखाउ आदेश जारी गरेको छ । सिदार्थनगर नगरपालीका ४ निवासी सुकहरि अहिर सहित २९ जना किसानले बाटो भएको जग्गा र नगरपालीकाले बाटो सिफारिस गरेको जग्गालाई पुनमुल्याङ्कन परमादेश जारी गरी पाँउ भनि दिएको रिट उपर पुनराबेदन अदालतले कारण देखाउ आदेश दिएको हो ।
बाटो भएको जग्गाको मुल्याङ्कन नगरेको भन्दै २९ जना किसानले मद्दा दायर गरेपछि समितीलाई हिजोको मितिदेखि १५ दिन भित्र कारण देखाउ आदेश जारी गरेको हो । पुनराबेदान अदालत बुटवलका न्यायधीस बाबुराम रेग्मीको एकल ईजलासले प्रमुख जिल्ला अधिकारी , प्रमुख मालपोत अधिकृत, बिमानस्थल प्रमुख सहित मुवाब्जा निर्धारण समितिलाई कारण देखाउ आदेश जारी गरेको हो ।