चर्चित ढुंगेल
कतारी भुमिमा पसिना पोख्ने औसत नेपाली श्रमिकभन्दा भिन्न पहिचान बनाउने थोरै नेपालीमा पर्छन् उनी । कुनै संघसंस्थाको पद ओगटेर वा धनधान्य चिठ्ठा परेका कारणले उनले भिन्न छवि बनाएका होइनन् । नेपाली गजल लेखनका क्षेत्रमा पु¥याएको योगदानले उनलाई सबत्र चर्चापरिचर्चाको बिषय बनाएको छ । रामपुर ८ दाइजोर रामेछाप घर भएका यि हुन् गजलकार भानु सुनुवार र उनलाई नेपाली डायस्पोरामा परिचित गराएको उनको कृति हो ‘रहरको बिस्कुन’ । त्यसो त यसअघि नै उनले डायस्पोरामा रहेर नेपाली गजलका क्षेत्रमा दिएको योगदानको कदर स्वरुप ‘अनलाइन साहित्य डट कम’ले सन् २०१० मा ‘श्रष्टा–साहित्य चौतारी पुरस्कार’ ले सम्मान गरिसकेको छ । उनले वि. सं. २०६५ सालमा ‘जिन्दगीका मोडहरु’ नामक गीतिसंग्रह पनि प्रकाशन गरेका छन् । यतिखेर म उनको दोस्रो कृति गजलसंग्रह ‘रहरको बिस्कुन’को पाठकीय समिक्षा लेखिरहेको छु ।
रेडियोकर्मी रमेश पौडेलले कोरेको आवरण चित्रले शुरुमै मन तानेको छ । दुई बिपरित बै“शको यौनिक समागमलाई चित्रमा समेटिएकाले युवा मनको मार्मिक चित्रण गरिएको छ भन्दा अझ प्रभावकारी हुनेछ । प्रत्येक गजलको ‘ब्याग्राउण्ड’मा आवरण चित्र राखिएकाले अझ आकर्षक बनाएकोे छ कृतिलाई ।
कतारमा बिक्रिका लागि १५ रियल ताकिएको पहिलो संष्करण १ हजार थान प्रकाशित पुस्तकको पछिल्लो कभरमा लेखकको नालीवेली समेटिएको छ । सिङ्गो पुस्तक ९३ पृष्टको छ र त्यसमध्ये ७५ वटा पृष्टमा पचहत्तरवटा गजल र १८ वटा पृष्टमा प्रकाशकीय, समिक्षा र जगलकारका भनाइ समेटिएका छन् ।
‘अगुल्टो नै नठोसी आगो बल्दैन ठूली
मैले मात्र धाउ“दा यो घर चल्दैन ठूली’
प्रस्तुत गजलमा उनले घर चलाउन लोग्ने स्वास्नी दुवैले काम गर्नुपर्ने बताएका छन् । एकले मात्र हड्डी घोटेर जीवन चल्दैन भन्ने उनको दृष्टिकोण रहिआएको देखिन्छ । प्रवासीहरुले दुःखजिलो गरेर कमाउने र घरवासीहरुले सञ्चित नगरी बेमज्जाले उडाउने देखिएका अनेकौ“ घटनाहरुलाई उनले तरोताजा पारेका छन् । घरब्यावहार चलाउनमा सवैको योगदान बराबर हुनुपर्ने कुरो यो गजलले स्पष्ट पार्छ ।
मायापिरतीले मान्छेलाई पारेको असरलाई उनले धेरै गजलमा उतारेका छन् । यो स्वरैकल्पना नभएर उनकै जीवनमा समेत लागु भएको हो । प्रायः बिछोडका बेदनालाई समेटिएका गजल नै बढि संख्यामा छन् । मायापिरतीले बिरक्त पारेको भावलाई उनले एउटा गजलमा यसरी खिपेका छन्,
‘नगर भो प्रीतको कुरा पिरतीले लुटेको छ
घात भयो मलाई यहा“ मेरो दिल टुटेको छ’
उता नेपालमा १२ बर्षे जनयुद्धमा होमिएका तर राज्यद्धारा अयोग्य ठहराइएका दिनहिनहरुको आवाज शुन्यमा विलिन भइरहेको भए पनि गजलकारलाई तिनै भूमिगतहरुको बेतार्किक युद्धप्रवेशको गम्भिर गुनासो पलाएको छ । आजको अवस्थालाई फर्केर हेर्दा कति लडाकुहरुले युद्ध जित्न गरेको योगदानको कदर नभएको स्पष्ट छ र युद्धमा होमिनु नै गलत भयो भन्ने निष्कर्ष गजलकारले बोलेका छन्,
‘भूमिगत भयौ तिमी झुकेको छ खुसी मेरो
एकान्तमा रुन्छु भन्दै लुकेको छ खुसी मेरो’
गजलकारलाई देश पनि दुखेको छ । एउटा नागरिक देशप्रेममा ओतप्रोत नभएको हुनै सक्दैन । यदि देशको माया कुनै नागरिलाई लाग्दैन भने ऊ सच्चा नागरिक पनि रह“दैन । देशभक्ति नरहने हो भने त्यो देशी होइन, विदेशी हो । खेर गइरहेको अजस्र पानीको श्रोत, अस्थिर बन्दै गएको देशको शान्तिसुरक्षा र मिचिइ“दै गएको देशको सिमा सवैभन्दा बढि दुखेको छ गजलकारलाई । यस्तै भावको एउटा गजल,
‘नसुक्नु है मेचीकाली सुखशान्ति तार्न आउ“छु
नपग्लिनु हिमचुली सा“ध सिमा बार्न आउ“छु’
उनका गजलमा नौवटै रसको प्रयोग गरिएको छ । संग्रहित गजलमा दुःख÷सुख, हा“सो÷आ“शु, मिलन÷बिछोड, चिन्ता÷आक्रोस आदि भावहरु पोखिएको छ । गजलसंग्रह पढिरह“दा कतै आ“खा रसाउ“छन्, कतै हा“सो मुस्कुराउ“छ, कतै बिद्रोह उचालिन्छ त कतै सुखी बटुलिन्छ । गजल संग्रह सरसर्ती हेर्दा आकर्षक देखिए पनि प्रायः निरास भावका गजलले नकारात्मक सन्देश फाल्छन् । एउटै मात्राका गजलको बाहुल्य हुनु पनि संग्रहको कमजोरी हो ।
नया“ बर्षलाई स्वागत गर्दै गजलकारले बिगतका तिता क्षणलाई बिर्सिएर अघि बढ्न प्रेरणा दिएका छन् । उनले एउटा गजलमा नया“ बर्षलाई सवैको खुसी बनेर आउन आग्रह पनि गरेका छन् । यसरी,
‘नया“ बर्ष सवैमा खुसी बुनेर आउनु
ओठैभरि पारिलो हर्ष उनेर आउनु’