Responsive Ad Slot

latest

प्रधानमन्त्रीले मोर्चासँग छलफल गर्ने I

Wednesday, January 25

/ by Admin BHOLA THAPA



काठमाडौ माघ  ११-प्रधानमन्त्री बाबुराम भट्टराईले सरकाको सहयात्री मधेसी मोर्चासँग छलफल गर्दै हुनुहुन्छ । मुलुको पछिल्लो राजनितिक अबस्था र सरकारले गरेको जनशत्ताका निर्णयका बारेमा मधेसी मोर्चाबाट आएका फरक फरक धारणाका विषयमा पनि छलफल गर्नुहुने स्रोतले जनाएको छ ।



छलफलमा अवरुद्ध संसद खुलाउने , शान्ति प्रक्रिाय र संविधान निर्माणका विषयमा पनि छलफलहुने छ ।

जनशत्ताका लिखतलाई बैधता दिने सरकारी निर्णयमा सरकारमा सहभागि मोर्चाका नेताहरुलेनै आपत्ति जनाएपछि प्रधानमन्त्री भट्टराई अहिले अप्ठेरोमा पर्नुभएको छ ।

जसरी भएपनि जनसरकारका निर्णय कार्यान्वय गराउने अडानमा प्रधानमन्त्री रहेपनि मोर्चाका तर्फबाट सरकारमा सहभागि उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छेदारले कुनैपनि हालतमा माओबादी जनशत्ताका निर्णय कार्यान्वयन नहुने बताउदै आउनु भएको छ । जसका कारण सरकारकै मन्त्रीहरुपनि यस निर्णयप्रति असन्तुष्ट छन ।माओबादी युद्धका बेला बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई लालध्वजका नामले जनशत्ता प्रंमुख रहनु भएको थियो ।

मोर्चासँग विहानै छलफलका लागि तय भएपनि उपत्यका बन्दका कारण अपरान्हमात्रै छलफल हुने बुझिएको छ।


Don't Miss
© all rights reserved
made with by netKUTI