–खेमनाथ पौडेल
यूएई, पुस १७ - गत सुक्रवार यूएईको दुवई स्थित फोर प्वाईन्ट होटलमा यूएई तमू समाजले तमूहरुको नयाँ बर्ष ल्होछार विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न गर्यो ।
यूएईकालागि नेपाली राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमुख आथित्यमा समपन्न उक्त पर्वको आकर्षक व्यक्तित्व जनजातीका हक हितकोलागि विगत लामो समयदेखी सघर्षरत डा. ओम गुरुङ्ग विषेश अतिथिकोरुपमा आमन्त्रित थिए । तमू समाज यूएईका अध्यक्ष राजु तमूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रमूखहरुको उपस्थिति रहेको थियो ।

हामी त प्रवासमा भएपनि ल्होछार मनाऔछौ भन्दै सम्पूर्ण उपस्थितलाई कलाकार श्याम तमूको टोलीले स्वागत गितद्धारा सास्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो ।
याक एण्ड यती दोहोरी साँझका कलाकार संजय, प्रेम, पार्वती, संझना तमूले विषेश सास्कृतिक प्रस्तुती पस्केका थिए । उनिहरुको प्रस्तुतीले दर्शकहरुमा रौनक छाएको थियो ।
स्यानिय कलाकार शिशिर थापा, रविन्द्र तमू, पुर्णिमा तमू, अञ्जना तमू, ज्योति तमू, यमन तमू, रोशन तमु, राजेश घले, अमृत तमू, भावना ढकाल, प्रधान लामा आदीले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
शिशिर थापा तथा रविन्द्र तमुको मेरो टोपी राष्ट्यि भावले ओतपोत गितले दर्शकहरुलाई नचाएको थियो भने प्रधान लामाको कमेडी नृत्य हरियो डलरले पेच मिची मिची हँसाएको थियो । नेपालबाट आमन्त्रित अँजना तमुस्योको गित तथा नृत्यले अतिथि तथा दर्शकहरुलाई भाभुक बनाएको थियो । उनको नृत्य तथा गितले होहल्ला र चिचाहट भईरहेको हलको आवाज एकाएक सन्नाटामा परिणत भएको थियो । सानैमा एउटा खुट्टा गुमाउन पुगेकी अँजनाले एउटा खुट्टाले मात्र नृत्य गर्दा दर्शकहरुमाझ एकाएक सन्नाटा छाएको थियो । उनको कलाकारितालाई सम्मान गर्दै विभिन्न व्यक्तिहरुले व्यक्तिगतरुपमा सहयोग समेत गरेका थिए । भावना ढकालको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो ।
कार्यक्रमको विचमा तमुहरुको भेषभुषाको समेत प्रदर्शन गरिएको थियो । कास्की, लम्जुङ्ग, स्याङ्गजा, तनहुँ, गोर्खा आदीका तमू तथा तमुस्योहरुले पहिरने भाङग्रा, खुर्रपेटो, सिरवन्दी, फुलबुट्टे छिर्के मिर्के पाल्पाली चोली, नौगेडी, हार आदीको पहिरनले नेपालको गाउँघरको परिवेशलाई भुलाएको थियो ।
विषेश अतिथि डा. ओम गुरुङ्गले ल्होसार, कसरी र किन मनाईन्छ भन्नेकुराको विश्लेषण गरेका थिए । उनले ल्होसार विभिन्न जातीहरुले विभिन्न समयमा मनाउने गरेको पनि बताए । नेपालमा विभिन्न जनजातीहरुले विभिन्न समयमा हुने आन्दोलनमा पनि मुख्य भुमिका खेलेको र अहिलेको संविधान सभामा समेत जनजातीहरुले मुख्य भुमिका खेलिरहेको बताए ।
प्रमुख अतिथि यूएईका लागि राजदुत महामहिम अर्जुन बहादुर थापाले ल्होसारको शुभकामना दिंदै तमुजातीहरुको प्रशंसा गरे । विभिन्न समयमा दूतावासले गरेको कार्यक्रममा नेपाली कला संस्कृति तथा पर्यटकलाई प्रवद्र्धन गर्न जनजातीहरुको मुख्य योगदान रहेको चर्चा गर्दै धन्यवाद दिए । निकट भविश्यमा यूएईका विभिन्न पत्रिकामा कार्यरत ५ जना पत्रकारहरुलाई नेपालको पर्यटनलाई प्रवर्धन गर्न निम्तो दिएको र उनीहरु छिट्टै नेपाल जान लागेको समेत कुराको खुलासा गरे । आफ्नो कार्यकाल पुरा गरी केहीसमय पछि नेपाल फर्कन लागेको समेत बताए ।
दुईचरणमा विभाजित पहिलो चरणको कार्यक्रम डि.आर तमूले सञ्चालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम गुञ्जमान तमु तथा पवित्रा तमुले सञ्चालन गरेका थिए । तमुको वार्षिक प्रतिवेदन प्रवत्ता भिम तमुले प्रस्तुत गरेका थिए भने कार्यक्रमका संयोजक भोजराज घलेले सम्पूर्ण उपस्थितलाई स्वागत मन्तब्यद्धारा स्वागत गरेका थिए ।साभार ईकान्तिपुर