Responsive Ad Slot

latest

चितवन बाट प्राप्त केही समाचार हरु एउटै थलोमा I

Saturday, January 7

/ by Admin BHOLA THAPA

नेपालका जनजातिहरु राज्यकै कारण पछि परेको नेपाल लोकतान्त्रिक नेबा संघका केन्द्रिय अध्यक्ष धजुको भनाई
नारायण सापकोटा ÷चितबन ,पौष २३

नेपालका जनजातिहरु राज्यकै कारण पछि परेको नेपाल लोकतान्त्रिक नेबा संघका केन्द्रिय अध्यक्ष कृष्ण बहादुर धजुले बताउनु भएको छ।
नेपाल लोकतान्त्रिक नेबा संघ चितबनले आज नारायणगढमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै धजुले यस्तो बताउनु भएको हो । उहाले नेपालमा ब्रामाण र क्षेत्री समुदायको बाहुल्यता रहेको हुदा राज्यको निर्णयक तहमा पनि ब्रमाण र क्षेत्रिकै बाहुल्यता रहेको बताउनु भयो । त्यसले गर्दा राज्यको निणर्यक तहमा जनजातिको पहुच पुग्न नसकेको भन्दै नेपालका ठुला पर्टीहरुले पनि जनजातिहरुलाई पछाडी पारी रहेको आरोप लगाउनु भयो ।
सो प्रशिक्षण कार्यक्रममा संघका संल्लाहकारहरु त्रिरत्न शाक्य ,शैलेन्द्र पिया लगायतले राज्यले आदिबासीका लागी गरेको ब्यबस्था के के हुन् भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो । यसैबिच नेपाल लोकतान्त्रिक नेबा संघको केन्द्रिय बैठक भोलि चितबनमा हुदै छ ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
समाज र राष्ट्र निमार्णमा भूतपूर्ब सैनिकहरुको अतुलनिय योगदान
नारायण सापकोटा ÷चितबन ,पौष २३
भूतपूर्ब सैनिकहरुले समाज र राष्ट्र निमार्णमा अतुलनिय योगदान पुर्यएको भन्दै त्यस्ता कार्यलाई अगाडी बढाउनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल राष्ट्रिय भुतपूर्ब सैनिक तथा प्रहरी संगठन जिल्ला कार्य समिती चितबनले आफ्नो २१ औं स्थापना दिबसको अबसर पारेर आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
समाजमा भुपु सैनिकहरुले गरेको कामको खासै मुल्याड्डकन नगरीने गरेको गुनासो गर्दै उनिहरुले सधै समाज र राष्ट्र निर्माणको लागी काम गर्नु पर्नेमा जोड दिएका हुन् ।
नेपाल राष्ट्रिय भुतपूर्ब सैनिक तथा प्रहरी संगठनका केन्द्रिय सदस्य नगेन्द्र बडुवाल ,धु्रर्ब लम्साल ,गरीधारी सुबेदी र ज्ञानु थापा लगाएतले बोल्नु भएको कार्यक्रम संस्थाका चितबन जिल्ला अध्यक्ष हेम बहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
रुपान्तरणका लागी महिला सशक्तिकरण सक्षम कार्यक्रमले परीबारको आर्थीक अबस्थामा सुधार
नारायण सापकोटा ÷चितबन ,पौष २३
रुपान्तरणका लागी महिला सशक्तिकरण सक्षम कार्यक्रमले परीबारको आर्थीक अबस्थामा सुधार ,घरेलु हिसां अन्त्य र महिलाहरुको नेतृत्वदायी क्षमतामा बिकास भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
रुपान्तरणका लागी महिला सशक्तिकरण सक्षम कार्यक्रम अन्र्तगत गाबिस स्तरीय नमुना पुरुषहरुको समिक्षा गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।
केयर नेपाल भरतपुरको सहयोगमा कालिका सामुदायीक बिकास केन्द्र माडीले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा
संस्थाकी अध्यक्ष कोपीला सिबाकोटी ,कार्यक्रम अधिकृत कृष्ण पन्त लगायतले सहजिकरण गर्नु भएको थियो ।
सो कार्यक्रमा सहभागी पुरुषहरुले आफ्ना श्रीमतीहरुलाई स्थानिय स्थरमा हुने गरेका अतिरिक्त कृयाकलापहरुमा सहभागी गराउने गरेको बताएका छन् । कार्यक्रममा पश्चिम चितबनका ५ ओटा गाबिसका १८ जना बिपन्न बर्गका नमुना पुरुषहरुको सहभागीता रहेको थियो ।

mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
पर्यटनको विकासमा स्थानियको सहभागिता हुनुपर्ने पर्यटनमन्त्रीको भनाइ ।।
पौष ,२३
पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकन्द्र बिष्ट मगरले मकवानपुरको दामन क्षेत्रमा पर्यटन विकासका लागि स्थानियहरुको सहभागिता हुनुपर्ने बताउनु भएको छ । मकवानपुरको पर्यटकीय क्षेत्र दामन सीमभन्ज्याङमा नया बन्ने भ्युटावर र पर्वतीय कृत्रिम तालको आज सिलान्यास गर्दै पर्यटनमन्त्री बिष्टले दामन पालुङलाई पर्यटकीय गन्तब्यका रुपमा देशभर चिनाउन गुुरुयोजना निमार्ण गरेर पर्यटन विकासका कामहरु स्थानिय तबरबाटै संचालन गरीनुपर्ने बताउनुभयो ।
बिष्टले पर्यटनको विकासका लागि बर्तमान सरकार लागि परेको बताउँदै नेपालमा भएका पर्यटकीय क्षेत्र र सम्भावनाहरुलाई मध्यनजर गदै भिजन टवान्टीट्वान्टी अनुरुप अबको एक दशकलाई पर्यटकीय दशकका रुपमा घोषणा गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । नेपालमा पर्यटन विकास गर्न पर्यटकीय क्षेत्रहरुमा पर्यटकीय पूर्वाधार विकास गर्न जरुरी रहेको विष्टले औल्याउनुभयो । पर्यटनमन्त्री विष्टले शिलान्यास गर्नु भएको भ्युटावर ४० लाख र पर्बतीय कित्रिम ताल २५ लाखको लगानिमा निमार्ण हुन लागेको हो ।
स्थानिय करुणाभूमि सामुदायिक वन समुहको सक्रियतामा निमार्ण हुने टावरको उचाई ३० मिटर र तालको लम्बाई ७ सय मिटर हुने बताईएको छ ।


सडकमै उखु राखेर राजमार्ग बन्द ।।
पौष ,२३
नवलपरासीका आन्दोलनरत उखु किसानहरुले अहिले पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । नवलपरासीको बर्दघाटमा सडकमै उखु तेर्साएर उनीहरुले सवारी आवागमनमा रोक लगाएका हुन् ।
उखुको उचित मूल्य निर्धारणको माग गर्दै किसानहरुले दिउसो १ बजेदेखि ३ बजे सम्म दुई घण्टा राजमार्ग अबरुद्ध गर्ने बताएका छन् । राजमार्ग अबरुद्ध भएपछि सयौ सबारीसाधन र यात्रुहरुबीच बाटोमा रोकिएका छन् ।
उखुको न्युनतम् मूल्य ४ सय ५१ रुपैया कायम हुनुपर्ने, नगद भुक्तानीको व्यवस्था हुनुपर्ने, लगाएतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।



Don't Miss
© all rights reserved
made with by netKUTI