सुभास लामिछाने ।
चितवन माघ १ गते ।
उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनुभएकोछ । उहाले आफ्रना प्रतिद्धन्दी ज्ञानेन्द्रमान शाक्यलाई १ सय ८३ मतले मतले पराजित गर्नुभएको हो । बिजयि भट्टराइले ६ सय ९२ मत प्राप्त गर्नुभएको हो भने हाक्यले ५ सय ९ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षका लागि निबर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई र कार्यसमिति सदस्य ज्ञानेन्द्रमान शाक्य बिच प्रतिस्पधा भएको हो । भट्टराई पोष्ट्री ब्यवसायी र शाक्य सुनचा“दी ब्यवसायी हुनु हुन्छ । चारजना उपाध्यक्ष अन्य ६ जना कार्यसमिति सदस्य भने यस अधिनै निर्बिरोध निर्वाचित भैसकेका छन् ।
सदस्य हरुको मतगणना भने सकिएको छ बाण्ज्यि तर्फ कार्य समिति सदस्य राजेन्द्र कडेल माधब प्रसाद पौडेल बिष्णु प्र कडेल, चुननारायण श्रेष्ठ , प्रधुम्न सापकोटा नारायण प्रधान बिजयि हुनुभएको छ । त्यस्तै बस्तुगत तर्फ गोपाल भट्टराइ , पुष्पनिधि लोहनी र राजेन्द्र ओली बिजयि , श्याम कृष्ण सर्मा र देबेन्द्र कुमार श्रेष्ठ बिच बराबर मत परेपछि गोलाप्रथा गरिने भएको छ । त्यसैगरि उद्योगथ तर्फ , चिरञ्जीबि सुबेदी सुमन श्रेष्ठ , शंकरप्रसाद कडेल , रोहित कुमार श्रेष्ठ , राजन गौतम र राजु पिया बिजयि हुनुभएको छ । त्यसैगरि कृषि तर्फ कार्यसमिति सदस्यमा नबिन कडेल बिजयि हुनुभएको छ ।
कुल ३३ सदस्यीय कार्य समितिमा एक महिला सहित ३ जना अध्यक्षले मनोनयन गर्ने ब्यवस्था छ । संघको ईतिहासमा अध्यक्ष पदका लागि निर्वाचन भएको यो पा“चौ पटक हो । संघको ४५ औ साधारण सभा र ३२ औ अधिबेशनको उद्घाटन शुक्रबार भएको थियो ।
२०१६ सालमा चितवन ब्यापार संघको नाममा स्थापना भएको उधोग बाणिज्य संघ चितवनले दुई बर्ष अघिनै पचास बर्ष पुरा गरेको थियो ।२०६६ सालमा राष्ट्रपति डाक्टर रामबरण यादबको उपस्थितिमा स्वर्णबर्ष मनाउने तयारी गरेपनि माओबादीको बिरोधका कारण कार्यक्रम स्थगित भएको थियो । हिजो नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यको उपस्थितिमा स्वर्ण बर्ष समारोह सम्पन्न गरिएको छ । स्वर्ण बर्षका अवसरमा उद्योग बाणिज्य संघ चितवनले पार्क ,स्तम्भ र नारायणी नदि प्रबेशद्धार निर्माण गरेको छ ।