नारायण सापकोटा
चितबन, पुस १७ गते ।
सिपमुलक तालिमले महिलाहरुको नेतृत्व बिकाश तथा अतिरिक्त कृयाकलापमा अघि बढ्नका लागि उत्साह थप्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यलय भरतपुरको आयोजनामा भएको उद्यमी तयारी तथा रोजगारी श्रृजना कार्यक्रम अन्तरगत सात दिने च्याउ उत्पादन तालिमको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
आज भरतपुरमा आयोजना गरीएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय भरतपुरका शाखा अधिकृत नारायण त्रिपाठीले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतारी ब्यबसायीकरण गर्नु पर्नेमा जोड दिनु भयो ।
तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न नसके तालिम लिनुको अर्थ नहुने उहाको तर्क थियो ।
२०६८ मंसिर २४ गतेबाट ३० गते सम्म संचालन भएको तालिममा राधाकृष्ण महिला समुह भरतपुर १२का २३ जना महिलाहरुको सहभागिता रहेको समुहकी अध्यक्ष तिलकुमारी सेढाईले जानकारी दिनु भयो ।