काठमाडौं, माघ ८ गते ।
उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले आफुँले गरेको भारत भ्रमण निकै उपलब्धीमुलक भएको दाबि गर्नु भएको छ । उहाँले यो भ्रमणले दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपेको दाबी गर्नु भयो ।
नेपालवाणी नेटवर्कको वाणी बहस कार्यक्रममा कुरा गर्दै गृहमन्त्री गच्छदारले मुलुकको बिकास गर्न र समृद्ध बनाउन भारत संगको सम्बन्धलाई सुदृढ बनाउनुको बिकल्प नरहेको जिकिर गर्नु भयो । उहाँले भारतीय प्रधानमन्त्री संगको भेटमा प्रधानमन्त्री मनमोहन सिंहले चिनसंगको सम्बन्धलाई अँझै सुदृढ बनाउन सुझाव दिएको बताउनु भयो ।
गच्छदारले नेपालवाट हुन सक्ने भारत बिरोध गतिबिधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता पनि जाहेर गरेको बताउनु भयो । उहाँले खुला सिमानाका कारण हुन सक्ने अपराध र अन्य गतिबिधिलाई रोक्न नेपाल सरकार दृढ रहेकाले नेपालले सहयोग गर्नेमा आश्वस्त पारेको उल्लेख गर्नु भयो ।