Responsive Ad Slot

latest

पोखरा विमानस्थल उत्कृष्ट I

Sunday, January 1

/ by Admin BHOLA THAPA
लालप्रसाद शर्मा,

पोखरा, पुस १७ - पोखरा बिमानस्थल यस बर्ष उत्कृष्ट बनेको छ । नागरिक उड्डयन प्राधिकरणले शनिबार बाषिर्कोत्सवका उपलक्ष्यमा यसलाई उत्कृष्ट घोषणा गरेको हो ।

'भौतिक पूर्वाधार, सरसफाइ, यात्रीलाई सेवा सुविधा, विमानस्थलभित्रको सौन्दर्यलगायतले उत्कृष्ट भएजस्तो लाग्छ,' पोखरा कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले भने, 'यसले काम गर्ने उत्साह थपेको छ ।' पहिलोपटक विमानस्थलको पनि स्तर हेर्न थालिएको हो ।

बिमानस्थलले पहिलोपटक नेपाल टेलिकमसँग मिलेर यात्रीका लागि प|mी वाइफाई सेबा उपलब्ध गराएको छ । 'सुन्दर पर्यटकीय सहर भएकाले बिमानस्थलमा आउनासाथ यात्रुले पोखराबारे सकारात्मक धारणा बनाओस् भनेर सरसफाइ बढी महत्व दिएका छौं,' तिवारीले भने ।

यसैगरी उडानसम्बन्धी जानकारीका लागि डिस्प्ले र माइकको व्यवस्था, हेल्पडेस्क, प्रतीक्षालय छ । हालै निर्माण सम्पन्न आन्तरिक आगमन हलमा पोखरा र आसपासका क्षेत्रको पर्यटकीय गतिविधि समेटिएको भिडियो डकुमेन्ट्री प्रदर्शनको व्यवस्थासमेत गरिएको छ । यसैगरी भिजिटर डेस्क, बैंक काउन्टर र एटीएम सेवा उपलब्ध गराउन आवश्यक प्रक्रिया सुरु भइसकेको र ब्यापारिक कम्प्लेक्स बनाउने योजना पनि रहेको उनले बताए ।

पोखरा पर्यटकीय विमानस्थल भएकाले आवश्यक सबै भौतिक पूर्वाधार निर्माण गर्दै यात्रुलाई सेवा सुविधा बिस्तार गर्दै लैजाने योजना रहेको तिवारीले बताए । तिवारीका अनुसार लखनउलगायत भारतका विभिन्न सहरमा उडानका लागि आवश्यक पूर्वाधार तयार भइरहेको छ ।

सन् १९५८ जुलाई ४ देखि सञ्चालनमा आएको पोखरा विमानस्थलको क्षेत्रफल १ हजार १ सय ५६ रोपनी छ । १ हजार ४ सय ४७ मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्ग रहेको विमानस्थलको प्रतिघन्टा १ सय २० यात्रीको क्ष्ामता छ । यति बेला एप्रोनदेखि रनवेसम्म जाने-आउने ट्याक्सी वे निर्माण भइरहेको छ ।

दैनिक ८० देखि एक सय उडान हुने बिमानस्थलमा अक्टोबरमा १ सय ८० सम्म उडान भएको रेकर्ड छ । यहाँबाट काठमाडौं, मुस्ताङ र मनाङमा उडान हुँदै आएको छ । दैनिक औसतमा एक हजारजनालाई सेवा दिने विमानस्थलबाट २०११ मा ३ लाख ६८ हजार बढी यात्री ओहोरदोहोर गरेका छन् । यात्रीमा ४० प्रतिशत विदेशी पाहुना छन् ।

प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धरले भारतीय नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी छिट्टै नेपालमा आउने र पोखरा लखनउ उडानबारे आवश्यक छलफल हुने बताए । यहाँ १ सय १ सिटको फोकर विमानको सफल परीक्षण अवतरण भइसकेको छ । साभार ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI