Responsive Ad Slot

latest

माओबादीका नेताहरुले आज पनि एक पक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त I

Monday, January 9

/ by Admin BHOLA THAPA

काठमडौ पुस २५ गते
पार्टी भित्रको विवादलाई मिलाएर नयाँ राजनितिक प्रस्ताव तयार पार्ने विषयमा माओबादीका नेताहरुले आज पनि एक पक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त भएका छन । माओबादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्यले केन्द्रिय समितिको बैठकमा पेश गर्नु भएको दुई छुट्टा छुट्टै प्रतिवदेनहरुलाई मिलाएर नयाँ र साझा प्रस्ताव बनाउन दुवै पक्ष छलफलमा व्यस्त भएका हुन ।

यसअघि दुई पक्षिय नेताहरुका विचमा झण्डै तिन घण्टा लामो गंभिर छलफल भएको थियो। अहिले माओबादीको बैद्य पक्षका नेताहरुले आन्तरिक छलफल गरिरहेको नेता देव गुरुङले जानकारी दिनुभयो । बैद्य पक्षिय नेताहरुका विचमा अहिले उपाध्यक्ष बैद्यले हिजो प्रचण्ड पक्षका नेताहरुसंग भएको छलफलका बारेमा जानकारी गराउनु भएको छ। बैद्य पक्षका नेताहरु पनि कोही तत्काल मिलेर जानुको संभावना नरहेकोमा जोड दिएरहेका छन भने कसैले संस्थापन पक्षसंग मिलेर जान सकिने संभावन निकै कम देखिरहेका छन । केही नेताहरु भने अहिलेलाई मिले झै गरेर केही समयपछि अझ ठुलो कुनै मुद्धालाई लिएर संस्थापन पक्षलाई नंग्याएर आफ्नो कार्यदिशा तर्फ लाग्नु पर्ने धारणा राखेका छन ।

त्यसैगरी संस्थापन पक्षका नेताहरुले पनि अहिले आन्तरिक छलफल गरिरहेको प्रचण्ड निकट श्रोतहरुले जनाएका छन । संस्थापन पक्षले अहिले साझा प्रस्तावको खाकाको बारेमा छलफल गरिरहेका छन ।

Don't Miss
© all rights reserved
made with by netKUTI