Responsive Ad Slot

latest

दक्षिण पुर्बी नाईजरमा ५० जनाको मृत्यु I

Sunday, January 1

/ by Admin BHOLA THAPA

एजेन्सि , १७ पुस गते ।
दक्षिण पुर्बी नाइजेरियाको कबायली क्षेत्रमा भएको दंगामा ५० जनाको मृत्यु भएको छ । बिदोह्रीको हमला बढ्दै गएपछि सरकारले अतिरित्त सुरक्षाबल तैनाथ गरेको छ । आक्रमणको प्रमुख कारण भुमि बिबाद भएको एक सरकारी अधिकारीलाई उद्यृत गर्दै विभिन्न सञ्चार एजेन्सीले जनाएका छन् । इज्जा र इजीलो क्षेत्रका मानिसहरु बिच भुमिको बिषयलाई लिएर लामो समय देखि बिबाद जारी रहेको बताइएको छ । यस अघि पनि नाईजेरियामा क्रिसमसको दिन धेरै ठांउमा बम हमला भएको थियो ।


यसैबीच नाईजेरियाका राष्ट्रपति गुडलक जोनाथनले देशका केहि स्थानमा आपत्तकालीन स्थितिको घोषणा गर्नुभएको छ । स्लामिक चरमपंथी संगठन बोको हरामको हमला चचलिरहेका बेला राष्ट्रपतिले यो कदम चाल्नु भएको हो । राष्ट्रपति जोनाथनले चरमपंथीलाई पराजीत गर्न जस्तो सुकै कदम उठाउन पनि पछि नहट्न सेनालाई आदेश दिनु भएको छ । यसअघि राजधानी अवुजामा कैथोलिक चर्जमा भएको चरमपंथी हमलामा परि ३७ भन्दा बढिको ज्यान गएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI