काठमाडौ पुस २२ गते ।
सरकारी बाल अस्पताल कान्तिल आज ५० औ बार्षिकोत्सव मनाउदै छ ।राजधानीमा रहेको सरकारी अस्पतालले आज बार्षीक उत्सबको आवसर पारेर विरामीको निःशुल्क उपचार गर्ने जनाएको छ ।
कान्ति अस्पताल विकास समितिका अध्यक्ष त्रिविक्रम कर्माचार्यले आज एक दिन १४ बर्ष मुनिका बालबालिकाको सबै खाले उपचार निःशुल्क गरिने जानकारी दिनुभयो ।गरीब र असहाय बालबालिकालाई लक्षित गरी सिटी इस्क्यान, अल्ट्रा साउण्ड सबै उपचार पनि निशुल्क गरिने अस्पतालले जनाएको छ ।