काठमाडौं पौष २२ गते ।
जिरोमाइलले आउँदो जनवरी २२, २३, २४ र २५ मा मलेसियामा नेपाली सांस्कृतिक कार्यक्रम ‘रिमिक्स धमाका–४’ गर्ने भएको छ । सन् २००९ देखि निरन्तर रुपमा गर्दै आएको रिमिक्स धमाकाको यो चौथो संस्करण हो । आयोजक जिरोमाइल एसडीएनबीएचडीका अध्यक्ष राजेश श्रेष्ठका अनुसार मलेसियामा रहेका नेपालीहरुलाई सस्तो मुल्यमै नेपाली सांस्कृतिक कार्यक्रम देखाउँने मनशायले रिमिक्स धमाकाको आयोजना गर्न सुरु गरिएको हो ।
पहिलो चोटी २००९ मा बाबु बोगटी, प्रशान्त तामाङ, कोमल वलि लगायतका गायक÷गायिकालाई समेटेर आयोजना गरिएको रिमिक्स धमाकाले वर्षको दुई पटक ख्याती प्राप्त नेपाली कलाकारहरुलाई सहभागिष्ता गराएर कार्यक्रम गर्दै आएको छ । यस्तै यस पटक पनि नेपालका विभिन्न क्षेत्रमा ख्याति प्राप्त कलाकारलाई लिएर रिमिक्स धमाकाको आयोजन गर्न गइरहेको राजेशले बताए । कार्यक्रममा गायक सुगम पोखरेल, इन्दिरा जोशी, रामजी खाँड, प्रकाश ओझा, शसीकला मोक्तान, ज्योती लोहनी, नायिका सुस्मा कार्कीलगायतका कलाकार सहभागी हुँदै छन् । भने कार्यक्रमको संचालन रमेश मल्लले गर्दैछन् । कार्यक्रम २३ जनवरीमा जोहरबारु, २५ मा क्वालालाम्पुर, र २२ र २४ मा मलाक्कामा हुने जनाइएको छ । कार्यक्रमको विशेष सहयोगीको रुपमा प्रभु मनि ट्रान्सफर, आइटेल, डिक्स होम, प्रभु मनि सभिङ, एमडिभी र मानवअधिकारवादी संस्था हुर्कोन रहेका छन्
म्युजुक खबर