नवलपरासी पुस २१ गते ।
नवलपरासी जिल्ला भलिवल संघको आयोजनामा आजदेखि नवलपरासीमा तेश्रो राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता २०६८ शुरु हुदैछ । पुस २४ सम्म सञ्चालन हुने प्रतियोगितामा देश भरका ५ विकास क्षेत्रका पाँच टिमको तथा नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीका विभागिय समूह गरी कुल ८ समुहको सहभागिता रहने संघका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार सिल्ड मेडल उपलव्ध गराइने जिल्ला भलिवल संघले जनाएको छ ।