सालीकराम आचार्य मस्कट, ओमान
२०१२ भित्रमाओमानमा दुतावासको स्थापना नभए म राजिनामा दिन्छु ! आज सम्म मैले कुनई लडाइ हारेको छैन र मलाई लाग्छ ओमानमा नेपालीदुतावास स्थापनाको लागी पनि म लागिप्रनेछु आशाछ २०१२ भित्रमाओमानमा दुतावासको स्थापना हुनेछ नभए म आफ्नो पदबाट राजिनामा दिन्छु... ! यी शव्द हुन एकीकृत नेपाल कम्युनिष्ट र्पाटी माओवादीका युवा नेता तथा सभासद चन्द्र बहादुर थापा ‘‘सागर” का ! गैर आवासीय नेपाली संघ ओमानको नव र्वषको सुभकामना वmार्यœाmममा बताएका थिय ।
३० डिसेम्बर २०११, कादिन नेपालीका लागि नेपाली भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ ओमानले नव र्बष २०१२ को शुभकामना वmार्यœाmम सम्पन्न गरेकोछ । डी.बी.क्षेत्रीको अदक्ष्यक्षता तथा दिपक खड्काले संञ्चालन गरेको वmार्यœाmममा अतिथीहरु थिय एकीकृत नेपाल कम्युनिष्ट र्पाटी माओवादीका युवा नेता चन्द्र बहादुर थापा ‘‘सागर”, नेपाली दुतावास साउदी अरवका प्रतिनिधी हरिष चन्द्र घिमीरे, लोक गायीका कोमल ओली, पत्रकार नेपाल टीभी रोगार वmार्यœाmमका सञ्चालक पिताम्बर भटराई, पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका होम कार्की, अर्थ रोजगार तथा रोजगार मञ्चका सम्पादक उद्धव भटराई , गैर आवासीय लेपाली संघ कतारका सचिव टी.बी. कार्की तथा संयोजक नरेन्द्र भाट, गैर आवासीय लेपाली संघ जापानका कोषाध्यक्ष भवन भट्ट, अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अदक्ष्यक्ष सोभाकान्त लामिछाने, नेपाली समाज ओमानका अदक्ष्यक्ष गोबिन्द गुरुङ्ग, सगरमाथा समुहः ओमानका अदक्ष्यक्ष सागर अधिकारी, गैर आवासीय नेपाली संघ ओमानका पुर्व अदक्ष्यक्ष टिकाराम ढकाल, मंघर संघका सचिव तिलक पुन मंघर, गैर आवासीय नेपाली संघ ओमान सललाह क्षेत्रीय संयोजक चन्द्र कुमार राई तथा सोहार क्षेत्रीय संयोजक प्रतिनिधी, ओमानमा कार्यरत नेपाली पत्रकार लगाएतको उपस्थिती थियो ।
कार्यœाmमको मुख्य आर्कशण रहेको ईराकमा नृसंसः हत्या गरीयका नेपालीहरुको घटनालाई समेटेर वनाईएको डकुमेन्ट्री वृत्तचित्र ग्रिन ब्लडको प्रदर्शनले ओमानका नेपालीहरु भावबिभोर भएका थिय दुईओटा प्रोजेक्टरमा प्रदर्शनगरीएको वृत्तचित्रलाइ सत्राटा र आ“सुले स्वागत गरेका थिय , भने कोमल ओलीका प्रस्तुतीले सबैलाई नाच्न बाध्ये बनाएको थियो नेता पत्रकार तथा दुतावासका प्रतिनिधी लगाएत सम्पुण दर्शकहरु झुमी झुमी नाचेकाथिय, साथै स्थानिय कलाकार हरुको प्रस्तुतिलाई पनि खुब पसन्द गरीएको थियो , ओमानमा भयका सम्पुण समस्याहरुको समाधानको निम्ती नेपाल सरकारको कार्यनितीमा पुगोस तथा ६० हजार नेपालीहरु को अभीभावक नेपाली दुतावासको स्थापना को लागी चौर्तफी दवावको सृजना र्गदै अन्तरक्रिया गरयिो उक्त्त अन्तरक्रियामा नेपालीहरु आफ्ना आफ्ना जिज्ञाशाका प्रशनहरु राखेकाथिय भने सभासद, दुतावासका प्रतिनिधी, गैर आवासीय संघ कतारका प्रतिनिधीले ऊत्तर दियकाथिय ओमानमा भयका सम्पुण समस्याहरुको समाधान गर्न तयार रहेको जानकारीको साथ ओमानमा दुतावासको स्थापनागराउन पहल गर्ने साउदी दुतावासका प्रतिनिधी हरीश चन्द्र घिमिरेले जनाए ।
उक्त्त कार्यक्रममा ओमान नेपाली एकता समाजले प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुजायकोछ जसलाई हुबहु उतारदैछु ज्ञापन पत्र यस प्रकारछ, नेपालमा करिब २४० वर्ष लामो राजतन्त्रात्मक व्यवस्थाको अन्त भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नयाँ अग्रगामी संविधान निर्माणका लागि निर्वाचित संविधानसभाको दुई बर्षे कार्यकाल समाप्त भएको छ । बारम्बार थपिएको समय पनि एसै खेरा गईरहेको छ । फेरी ६ महिनाको लागि थपिएको भएता पनि समस्याहरु जहाँको त्यही रहेका कारण यस अवधिमा पनि कुनै प्रगति हुने आशा अत्यन्त कम भएकोछ । देशका ठूला पार्टीहरु आफ्नै पार्टी भित्रको कलहमा अडकिएकाछन, भने एक अर्को पार्टी पार्टी विचमा पनि कुनै सहमति हुन सकेको देखिदैन । लगातार सरकार परिवर्तनको खेलले नै महत्व पाईरहेको छ । नकि संविधान निर्माणले तसर्थ सविधान निमार्णको कुरा जहाँको त्यही अड्की रहेको छ । संविधानसभाको निर्वाचन पछि अहिले राजनैतिक दलहरु मात्र होइन, विभिन्न वर्ग, जाति तथा संघ संस्थाहरु नयाँ संविधानलाई कसरी जनमुखि बढी भन्दा बढी गणतन्त्रात्मक, र आफ्नो पक्षमा बनाउने ? भन्ने विषयमा आफ्नो मत अभिमतहरु विभिन्न माध्यमद्वारा बाहिर ल्याइरहेका छन् । विभिन्न वर्ग, जाति, धर्म, लिङ्गी, भाषा–भाषीका जनताले आफ्नो अधिकार संविधानसभामा सुनिश्चित गर्नका लागि आवाज उठाइरहेका छन् । त्यसै गरी हामी लाखौ लाख प्रवासीहरुको लागि पनि नयाँ बन्ने संविधान फलदायीक हुन पर्दछ भन्ने हाम्रो माग र संघर्ष कायम छ । विषेश तः एस खाडी राज्य ओमान मा नेपालीहरुको बडदो शंख्या को साथ साथै प्रतिदीन नेपालीहरु संग घटने घटना र समस्याहरुको निवारण का लागी छीटो भन्दा छीटो नेपाल सरकार को उपश्थिर्ती कुटनितीक नियोगै को तत्कालै आवस्यकता रहेको छ । हामीले प्रवासीहरुको विषयमा सुरक्षीत अप्रवासन, मताधिकार र प्रतिनिधित्वको ग्यारेन्टी, महंगीको आधारमा तलव सुविधामा बृद्धी, महिलाकामदारहरुको लागि उचित मापडण्डको व्यवस्था, अव्यवहारीक पुनः श्रमस्वीकृतिको नियम खारेजीको लागि बारम्वार विभिन्न कार्यक्रमहरु र पत्रपत्रिकाहरुमा पनि आवाज उठाउँदै आएका छौ । तसर्थ इतिहासको यो अवस्थामा आईपुग्दा नेपाल सरकार र संविधानसभामा उपस्थित राजनैतिक दलहरुको काँधमा गम्भिर र महान जिम्मेवारी आएको छ । शान्ति र संविधान निर्माणलाई चाडो भन्दा चाडो निष्कर्षमा पुर्याएर देश निर्माणको बाटोमा अगाडी बढ्नु पर्दछ । त्यसको लागि स्वदेशमै उद्योग धन्दा, कलकारखानाको विकासगरी सम्पूर्ण प्रवासीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनु पर्दछ ।
अन्तमा ओमान नेपाली एकता समाजले यो माग गर्दछ :–
१. ओमान मा छीटो भन्दा छीटो राजदताबास को व्यस्था गरियोस ।
२. हालै लागु गरिएको अव्यवहारीक पुनः श्रमस्वीकृतिको नियम खारेज गरियोस ।
३. अरवका देशहरु ः– ओमान, कतार, यूएई, बहराईन, साउदी अरव, कुवेत जस्ता
देशहरुमा घरमा काम गर्ने महिला कामदारहरु (हाउसमेड) को तलव सुविधा सम्वन्धी असमान
मापडण्डको खारेजी गर्दै समान मापडण्ड, र उनीहरुको हकहित र सुरक्षाको ग्यारेन्टी गरियोस ।
४. विश्वमै बढेको महंगीको आधारमा हामी प्रवासी श्रमिकहरुको तलव सुविधाको व्यावस्था गरियोस ।
५. म्यानपावार व्यवसाय खारेज गरी सरकारद्वारा पठाइने व्यस्था कायम गरियोस ।
६. शान्ति र संविधान निर्मार्णको कार्यलाई चाडो भन्दा चाडो सफल पारियोस ।
७. सबै खाले वैदेशिक हस्तक्षेपको अन्तका लागि ठोस योजना बनाई त्यसको कार्यान्वयनका लागि पहल गरियोस् ।
८. संघीयताले देशलाई विभिन्न टुक्रामा विभाजन र विखण्डन गर्नेछ । यसले देशको सार्वभौमिकता पनि केन्द्र र राज्यमा विभाजित हुनेछ । त्यसबाट देशको राष्ट्रियता र अखण्डतामाथि गम्भीर संकट आउने छ । त्यसकारण संघीय राज्यको निर्माणलाई खारेज गरी प्रजातान्त्रिक, विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली सुरु गर्न प्रक्रिया अगाडि बढाइयोस् ।
९. प्रवासी नेपालीहरुको प्रतिनिधित्व र मताधिकारको ग्यारेण्टी गरियोस ।