Responsive Ad Slot

latest

त्रिभूवन प्रा.वि खैरेनीटार प्यागनको ५१ औ वार्षिक उत्सव तथा अभिवभावक दिवस सम्पन्न I

Monday, January 2

/ by srijana rana
सृजना राना
     तनहुँ, पुस १८

                
            त्रिभूवन प्रा.वि खैरेनीटार प्यागनको ५१ औ वार्षिक उत्सव तथा अभिवभावक दिवस हिजो एक कार्यक्रमका बिच सम्पन्न भयो । सो कार्यक्रमका प्रमुख अतिथी उदेनढुङ्गा स्रोत केन्द्रका स्रोत व्यक्ती विश्व कुमार श्रेष्ठ रहनु भएको थियो ।
                कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्रीबहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कागे्रस गाउँ कार्य समितीका सभापती लक्ष्मण तिमिल्सीना ,  नेपाली कागे्रस क्षेत्र नं ३ का महाधिवेशन प्रतिनीधि शिव परीयार , राष्ट्रिय जनशक्ति पार्टी खैरेनी गाउँ कमिटीका अध्यक्ष जयबहादुर थापा, क्षेत्रीय सहसचिव नेत्रबहादुर थापा , विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर लामा , छिमेकी विद्यालयका शिक्षीका सुलोचना घिमीरे, अभिभावक नारायणध्वज गुरुङ्ग, शेरबहादुर परीयार , डम्मर बहादुर राना , विद्यार्थी सिर्जना राना , लगायतले बोल्नु भएको थियो ।
             सो अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सन्चालन शिक्षीका भक्त कुमारी थापाले गर्नुभएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य शिक्षक तिलबहादुर थापाले व्यक्त गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिय । साथै कार्यक्रममा अतिरीक्त कृयाकलापमा सहभागी भई उत्कृष्ठ छात्र छात्रालाई पुरस्कार वितरण गरीएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI