सृजना राना
तनहूँ, पुस १८
पोखराबाट दमौली तर्फ जादै स्थानिय मिनिबसले तनहुँको जामुने ७ धयरेमा मोटर साईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन् । पोखराबाट छुटेको ग १ ख ३७०१ नं को मिनी बसले ग ६ प ८५१६ नं को मोटर साईकललाई ठक्कर दिएको हो ।
मोटरसाईकलमा सवार तनहुँको गजरकोट गा वि स वडा नं ६ का बिष्णुभक्त सिग्देल र दुलेगौडा ९ बेलचौताराका दुर्गाकुमार श्रेष्ठ घाईते हुनु भएको छ । श्रेष्ठ सामान्य घाईते हुनु भएको छ भने अर्का घाईते सिग्देलको थप उपचारको लागी पोखरा लगिएको सेती गंगा सामुदायीक अस्पतालले जनाएको छ ।
गाडी र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरीकार्यालय तनहुँले जानकारी दिएको छ । दुर्गाकुमार श्रेष्ठ रेडियो तनहुँ ९७.२ मेगाहर्जको मातृसस्था तनहुँ सुचना समाज सहकारी सस्था लिमिटेडका सचिव हुनु हुन्छ भने सिग्देल शेयर सदस्य हुनु हुन्छ ।