Responsive Ad Slot

latest

पत्रकार कुट्ने सहायक प्रजिअले माफी मागे

Thursday, January 5

/ by ramailomandan

तनहुँ, पुष २१ – पत्रकारलाई हातपात गर्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले माफी मागेका छन् । पत्रकार डम्बर अधिकारी र ओमकार आचार्यलाई हातपात गर्ने सहायक प्रमुख जिल्ला घिमिरेले तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पौडेल र पत्रकारको रोहवरमा सहायक प्रजिअ घिमिरेले गल्ती गरेको स्वीकार गर्दै बिहीबार माफी माग्नुभएको हो ।

हात्तीपाईले रोग विरुद्घको अभियानबारे खबर संकलन गर्न बुधबार जनस्वास्थ्य कार्यालय प्रमुखको निवासमा गएका बेला सहायक प्रजिअ घिमिरेले सेतीमादी दैनिकका सम्पादक डम्बर अधिकारी र मादीसेती प्रवाहका सम्पादक ओमकार आचार्यलाई कुटपिट गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI