काठमाडौ पुस ३० गते ।
निर्बाचन आयोगले लगातार ताकेता गरेपछि अहिले सम्म २० दलले आर्थिक बिरण बुझाएका छन । निर्बाचन आयोगमा दर्ता भएका ८० दल मध्य ६० दलले अझै बुझाएका छैनन । पुस मसान्त सम्मपनि आर्थिक बिराण नबुझाए दल दर्ता खारेजीको प्रक्रिाया थाल्ने आयोगले जनाएको छ ।
गत मंगलबार आयोगले पत्रकार सम्मेलन गरी दलहरुले आफैले बनाएको नियम उलंङघन गरेको बताएको थियो । निर्बाचन भएको चार महिना भित्र लेखा परिक्षण गराई आयोगमा बुझाउने कानुनमा उल्लेख छ । अहिले सम्म शीर्ष तीन दल माओबादी , काँग्रेस एमाले सहित साना १७ दलले विबरण बुझाइसकेका छन ।
यसैविच विबरण बुझाउने अन्तिम मिति भोली , सार्बजनिक बिदा परेकाले सोमबार सम्म बुझाउन सकिने निर्बाचन आयोगका प्रबक्ता शारदा त्रितालले जानकारी दिनुभयो ।