रवि रोषी
पुस २१ गते ।
मध्यमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला रत्ननगर महोत्सव २०६८ यहि पौष २७ देखि चितवनको रत्ननगर नगरपालिका अन्तर्गत टिकौलीमा हुने भएको छ । सो महोत्सवमा केराको विभिन्न परिकारहरु बाट तयार गरिएका खाद्य तथा पेय उपभोग्य बस्तुहरु बिक्रीको लागि राखिने भएको छ ।
केरा पाकेपछि पाक फलको रुपमा मात्र प्रयोग गरिने फलफुल नभै यसबाट विभिन्न परिकार बनाउन सकिने बारेमा जानकारी दिने हेतुले पनि यसो गर्न लागिएको चितवन केरा ब्यवशायी संघका अध्यक्ष बाबुराम भट्टले जानकारी गराए ।
केराबाट मःमः,चीफ, पकौडा, अचार, वाइन तथा ब्रान्डी पनि बनाउन सकिने र यसका अनेक तरिकाबाट गुणकारी स्वाद लिन सकिने बारेमा सो महोत्सवमा जानकारी गराउने संघको उद्येश्य रहेको अध्यक्षले बताए ।
पोल्ट्री व्यवशायीहरुको ३५ वटा, कृषि उपजका २५, दुग्ध परिकार सम्बन्धी डेरीको १०, माछाको ५ र केराको ५ वटा स्टल रहने रहने पनि महोत्सव आयोजकले जानकारी गराए । नेपालमा हुने गरेका हरेक महोत्सव भन्दा पृथक र कृषिमय महोत्सव हुने जानकारी संघका उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी गराउँदै बार्षिक ३ करोडको केरा चितवनले मात्र उत्पादन गर्ने गरेको खुलासा गरे ।
केरा पाकेपछि पाक्य फलको रुपमा खाने खाद्य चीजको रुपमा बुझेका सम्पुर्ण नेपालीहरुलाई यसको थप परिकारको बारेमा पनि जानकारी बाँड्नु हाम्रो उद्येश्य रहेकोले हामी नयाँ आयामको साथ यस पटक प्रस्तुत हुन लागेका हौँ सुवेदीले थपे । सो महोत्सवका कृषि प्रबर्धन समितीका संयोजक भने भीम नारायण श्रेष्ठ रहेका छन् । महोत्सव पौष २७ देखि माघ ५ गते सम्म रहनेछ ।