Responsive Ad Slot

latest

विवाद समाधान उपसमितिको बैठक ।।

Monday, January 2

/ by srijana rana
      काठमान्डौ,पुस १८



                 संविधान लेखनका क्रममा देखिएका विवादित बुँदामा सहमति गर्न गठित विवाद समाधान उपसमितिको बैठक अहिले बस्दैछ । हिजो बसेको उपसमितिको बैठकमा नेपाली काङ्ग्रेसले कार्यकारी प्रमुख व्यवस्थापिका संसदवाट निर्वाचित गर्ने व्यवस्था गरिनुपर्ने अडान राखेपछि कुनै पनि सहमति हुनसकेको थिएन ।
                  बैठकमा भावी संविधानका विवादका बुँदाहरुमा सहमतिको प्रयास गरिने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यसअघि उपसमिति अन्तर्गत रहनेगरी गठन भएको कार्यदलले ल्याएको प्रस्तावमा जनतावाट निर्वाचित कार्यकारी राष्ट्रपति र संसदवाट निर्वाचित प्रधानमन्त्रीको अधिकार बाँडफाड गर्ने प्रस्ताव गरिएको थियो । संविधानसभा अन्तर्गतको संबैधानिक समितिले भावी संविधानका विवादित बुँदामा सहमति गर्न उपसमितिको म्याद २ दिन थपेको भए पनि शासकीय स्वरुप, न्यायप्रणाली लगायतका बिषयमा दलहरुबीच सहमति हुन सकेको छैन ।

Don't Miss
© all rights reserved
made with by netKUTI