![]() |
-बिनोद खड्का |
थर्थराउँदै पाईला सारिन
अघी बढ्दै आईन
लज्जाएर दिलले हेरिन
साथै आई बसिन ।
मनभित्रका बाढीलाइ
बल गरेर रोकिन
धडकिदो मुटुलाई
जोड गरेर रोकिन ।
पराईको छोरासंग
विताउनु छ जीवन
अपरिचित मान्छेसंग
बहाउनु छ योवन ।
सम्झनामा आउँदा माईती
भक्कानीएर आउँने
कस्तो हो यो नियती
सबै टाढा भाग्ने ।
जन्मेको घर आँगन
सबै टाढा भयो
अपरिचत मान्छे अब
आफनो बन्ने भयो ।
कस्तो होला मान्छे उ
के पो भन्ने होला
आश गर्दै हुन उनी कठै
न्यानो माया देला ।
चितुवाले झै झम्टियर
प्यास मेट्ने हो कि
काख उसको सिरानी
दीलमै राख्ने हो कि ।
बुझन नै कठीन
कस्तो यो रात
सम्झनाको चिनॊ हो
भन्छन सुहागरात ।
बिनोद खड्का
काडमाण्डौ
हाल : कतार