तनहुँ, १ माघ
माघेसङ्क्रान्ति मेला भर्न देवघाट पुगेकी एक वृद्धाको आइतबार बिहान नुहाउने क्रममा काली नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नाम ठेगाना नखुलेकी साहिँली भनिने अन्दाजी ६०–६५ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर अचेत भएकी वृद्धालाई उद्धारकर्मीले उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लैजादै गर्दा उनको बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।