पूर्ण बिके
तनहुँ, पुस २२ - प्रधानमन्त्री वावुराम भट्टराईले शान्ति र संविधान नवनेसम्म आफु नेतृत्वको वर्तमान सरकार रहने वताएका छन् । उनले वर्तमान सरकारले नै शान्ति र संविधानका कार्यलाई सन्तोषजनक रुपमा अघि वढाएको वताए ।
उद्योग वाणिज्य संघको १३ औं महाधिवेसन तथा २६ औं साधारण सभामा शुक्रवार दमौली आएका भट्टराईले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गरेको पत्रकार सम्मेलनमा वोल्दै उक्त कुरा वताएका हुन् ।
उनले आफ्नो जिम्मेवारी भनेकै शान्ति र संविधान भएकोले जिम्मेवारी पुरा नगरी नछाड्ने जिकिर गरे । ‘यो सरकारको आयु शान्ति र संविधान नवनेसम्म रहि रहने छ,’ उनले भने, ‘शान्ति र संविधान निर्माणका कार्यलाई विचैमा छाड्दिन ।’
उनले विगतका सरकारहरु आपसी खिचातानीमा लागेपनि वर्तमान सरकारलाई दलहरु र जनतावाट समेत समर्थन मिलेको वताए । ‘जनताले यो सरकारवाट संविधान निर्माणको आशा गरेका छन्,’ उनले भने, ‘जनताको आशा र भरोसालाई यो सरकारले विर्सने छैन ।’
उनले वर्तमान सरकारको नेतृत्वको विपक्षमा एमाले समेत नभएको वताए । वाणिज्यसंघको कार्यक्रममा व्यापारीहरुलाई सम्वोधन गर्दै सरकार र निजि क्षेत्रवीचको एकता र सहकार्यमा आफुले जोड दिएको वताए । ‘निजी क्षेत्रसँगको सहकार्य विनाको विकास अव पुरा हुन सक्दैन’ उनले भने, ‘सवै पक्ष मिलेर अव व्यावसायीक कृर्षिमा केन्द्रित हुन आवश्यक छ ।’साभारः कान्तिपुर