बग्ने आशु बगि सके सुकि सके आखा ।
अभाव् र तृष्णना ले ब्यतित्, यो जिवन मा कस्ले दिन्छ काखा।।
धेरै थिए उध्येस्य आज , सबै भए अधुरो ।
दुबै आखा भएर पनि, देख्दछु सारा अध्यरो ।।
हासे को छु बोलेको छु ,मुस्कान छ ओठमा ।
आस्वासन् को मिठो फन्दामा थुनिएको छु बन्द कोठामा।।
अन्तर हृदयको पिडा र घाउले पोलेको छ यो छती ।
कत्तार मा नै भेटे आज म जस्ता हजारौ साथी ।।
हजारौ यो घना बस्तीमा म एक्लो भए लास् ।
बिरानो यो सुनसान ठाउमा म कस्को गरौ आस् ।।
भए आज घरको न घाट् ,परेको छ बिचमा ।
सपना को महल आज भत्के एकै छिनमा ।।
अनौठ लाग्छ मानब जीवन स्वयम् भए वाक्क ।
गनतब्य यात्रा हिड्न थाल्दा रोकिन्छ पाइला टक्क ।।
गगन चुम्बी सपना थियो बिलिन् भए हावामा ।
ओठ भरी हासो छ मुस्कान छैन जिवनमा ।।
घात र प्रतिघातमा पिल्सिएको छ यो जिन्दगी ।
मर्नु न बाच्नुको सन् घारमा परेको छ म एउटा अभागि ।।
रहेछ ठुलो पैसा अनि सुख छ पैसामा ।
बिताई रहेछु सडक जिवन बिर्सी दु:ख यसैमा ।।
कति थिए उध्यस्य अनि सपना थियो अनगिन्ती ।
धिक्कार छ सबै चिज दोष दिन्छु आफ्नै मति ।।
बिशाल ठुलो यो सन्सार मा एक्लो भै कस्को लागी बाच्ने ।
जन्झिरै जन्झिरको भुमारि मा म कस्को लागी साच्ने ।।
अन्तर हृदय कति रोए, घरको याद र सम्झनाले ।
कठोर भयो प्रदेसि जिवन बेचैन भए पिडाले ।।
स्मृति पटलमा गुन्जिएको छ,नजाउ बिदेश भनि साथिले ।
धिक्कारदै म ब्यस्त छु ,आज म आफ्नै मतिले ।।
लेखेर अनि देखाएर सकिदैन, यो अन्तर् पिडा घाउ ।
सितल्ताको खोजिमा भन म कहा जाउ ।।
चन्द्र बहादुर् गुरुङ्
दाउन्ने देबि - २ सुर्यनगर नवलपरासी
हाल - मन्नाई कोर्पोरेशन् - ७६
दोहा , कत्तार