काठमाण्डौ, पुस १७ गते ।
बर्हिगमनमा परेका माओवादी लडाकुले गरेको बन्दका कारण मध्यमाञ्चलको जनजिवन प्रभावित भएको छ ।

बन्दका कारण चितवन, मकवानपुर लगायत मध्यमाञ्चलका केहि जिल्लामा प्रभाव परेपनि काठमाण्डौमा भने खासै प्रभाव परेको छैन ।
बन्द अवेज्ञा गरेको भन्दै चितवनको भरतपुरमा एउटा सवारी साधनमा तोड फोड गरेका छन् । नवलपरासीवाट भरतपुर तर्फ आउदै गरेका सवारी साधनलाई भरतपुर उकालोमा ४ ÷५ जनाको समुहमा आएका बन्दकर्ताहरुले तोड फोड गरेका हुन ।
तोडफोडको क्रममा गैडाकोट बस्ने प्रेम सापकोटा घाइते भएका छन् । उनको चितवन अस्पतालमा उपचार भइरहेको छ ।
पाँचै विकास क्षेत्रमा पालै पालो विकास क्षेत्र बन्द गदै आएका लडाकुले हिजो पश्चिमाञ्चल बन्द गरेका थिए ।
२०६६ सालमा अनमिनले गरेको प्रमाणीकरणका क्रममा ४ हजार ८ जना माओवादी लडाकु अयोग्य ठहरीएका थिए ।
आफ्ना मागहरु राज्यले पूरा नगरेको भन्दै आज मध्यमाञ्चल बन्दको गरिएको आन्दोलनरत लडाकुले बताएका छन ।
अयोग्यको विल्ला हटाइनुपर्ने, एकमुष्ट आर्थिक प्याकेजको उपलब्ध गरि दीर्घकालीन व्यवस्थापन गरिनुपर्ने, आर्थिक प्याकेज सार्वजनिक गरिनुपर्ने र पक्राउ परेको बर्हिगमित लडाकुलाई सार्वजनिक गरिनुपर्ने उनीहरुको बर्हिगमित जनमुक्ति सेना नेपालको माग रहेको छ ।
आदिवासी जनजाति संघर्ष तदर्थ समितिले आज गर्ने भनेको पुर्वान्चल वन्द फिर्ता लिएको छ ।
संघर्ष समितिले नेपालको अन्तरीम संविधान भाग १ धारा ४ मा उल्लेखित धर्म निरपेक्षता अधिकार सम्बन्धी व्याख्या र मुलुकि ऐन वाझिएको भन्दै महल नँम्वर ११ खारेजिका लागि आन्दोनल गर्ने घोषणा गरेको थियो ।
गोरु काटेका कारण पक्राउ खोटाङमा पक्राउ परेको ४ व्यक्ति गत मँगलबार रीहाई भए पछि संघर्ष समितिले बन्द फिर्ता लिएको विज्ञाप्ती मार्फत जानकारी दिएको हो