काठमाण्डौ, पुस १७ गते ।
सन् २०१२ को पहिलो दिन आज नेपाल लगायत विश्व भर विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ । शुभकामना आदान प्रदानका लागि विभिन्न सांगितिक तथा सास्कृतिक कार्यक्रमहरु भईरहेका छन । नेपालमा पनि अहिले इत्वी संम्बतको प्रयोग बड्दो रहेको छ । नयाँ बर्ष मनाउन नेपाली युवाहरु विभिन्न ठाउँमा जमघट गरि रमाईलो गरिरहेको खबर हाम्रा सहकर्मीले पठाएकाक छन ।
नयाँ बर्ष सन २०१२ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा शिर्ष दलका प्रमुख नेताहरुले शुभकामन सन्देश दिनुहँदै नेपाल लगायत विश्वभर रहेका नेपाली दिदिबहिनी तथा दाजु भाईको सुख शान्ति र समृद्धिको कामना गर्नुभएको छ । नयाँ बर्षको यो शुरुवातको दिन सँगै विश्वभर एकता, सहकार्य सद्भाव र सहयोगि भावनाको विकास हुने आशा शुभकामना सन्देशमा गरिएको छ ।