राजन रिमाल, कुवेत
आफैमा सानो देश हो यसदेशले हरेक देशका नागरीकका लागी रोजी रोटि दिएको छ । यसैक्रममा नेपाली जमात पनि दिन दुगुना रात चौगुना भने झै बढ्दै गएको त हामी सबैले बुझेका छौ । जति जति नेपालीहरुको घनत्व बढ्दै गयो उति नै सक्रियरुपमा संघ सँस्था खुल्ने र कामको तँछाड मछाँड गरेको देखिन्छ हुन पनि हरेको शुक्रवार एन न एक कार्यक्रम रहेकै हुन्छ एक पछि अर्को अर्को पछि अर्को हरेक नेपाली कार्यक्रम लाई उत्तिकै महत्वका साथ लिने नेपाली दुतावासका राजदुत महामहिम मधुवन प्रशाद पौडेललाई त झन भ्याई नभ्याई छ । उहाँ कुटनैतिक व्याक्तित्व हुनुहुन्छ शायद कुवेतको ईतिहासमा दुतावास खुले पछिका चाहे मरुभूमिमा खेलाईएको फुटवल होस या भलिवल साँस्कृतिक कार्यक्रम हुन या त जातिय समाजहरुले गरेका निमन्त्रामा उहाँ थोरै समयका लागी मात्र भने पनि पुगि हाल्नु हुन्छ । उहाँ उमेरले जति पाको हुनुहुन्छ । उत्तिकै फुर्तिलो पनि हुनु हुन्छ । हरेक हप्ता जसो हुने कार्यक्रममा उहाँ मात्र हैन दुई दर्जन सँस्थाका अध्यक्षहरुलाई पनि हम्मे हम्मे परेको छ ।
२०११ को शुरुवात नै साङगेतिक कार्यक्रमबाट भयो । शान्तिमायाँ दोङलाई नेपाल पठाउने शिलशिलामा गायिका रेष्मा सुनुवारलाई जनजागृति युवा समाजले कुवेतमा निमत्यायो र उनले धुम मच्चाईन सबैले वा रेष्मा भने नै त्यहाँ वाटै शुरु भएको होड पुरा गर्ने भिजिट नेपाल २०११ लाई प्रचार प्रसार र सहयोग गर्ने उदेश्यमा सौगात सुवेदि र कृष्ण मल्लको संयोजनमा मोडल तथा नृत्याङगान निसा सुनारले कुवेतबासि लाई खुवै नचाईन।
नेपाल कुवेत डट कम तथा मरुभूमिको कोसेली पत्रिकले कुवेतमा राम्रोकाम गर्ने ब्याक्तिहरु लाई प्रोसाहित गर्ने उदेश्यका साथ बिगत दुई बर्ष देखि दिदै गरेको एवार्ड २०११ मा एक बिधा थपेर ८ बिधामा अवार्ड दियो । अनलाईन भोटिङ र प्रत्यासि बिचको तुलानाले निकै चर्चा पायो । यो कुवेतको नेपाली ईतिहासकै पहिलो कार्यक्रम थियो ।
नेपाली नयाँ बर्ष अप्रेलमा कुवेतमा रहेका साँस्कृतिक मञ्चहरुले तँछाड मछाँड गरेर एक हप्ताको फरकमा दुई सांस्कृतिक कार्यक्रम गरे लाली गराँस र नेपालकुवेत सांस्कृतिक मंचले गरेका दुँबै कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए ।
एन आर एन ए कुवेतले दुई बर्षे कार्यकाल पुरागरि नयाँ नेतृत्व चुन्यो । कुवेतको राष्ट्रिय अधिवेशनमा एन आर एन ए आई सि सि का निबर्तमान उपाध्यक्ष जिबा लामिछने रसिया र आई सि सि का कोषाध्यक्ष दुबइ बाट कुवेत आउनु भएको थियो ।
त्यसको लगत्तै मजदुर नेता बाबुराम गौतम र सिता राम पराजुली नेपालबाट कुवेत आउनु भयो र कुवेतमा पनि माओवादिको भात्री संगठन नेपाल कुवेत मजदुर संघको स्थापाना भयो ।
तमू समाजको ल्होछार नेपालीहरुको जमघटमा मनायो भने , तामाङ घेटुङको बुद्द जयन्तीमा बुद्ध धर्म मान्ने सात देशका राजदुतहरुको आतित्थतामा गराएको थियो भने नेपालका चर्चित गायक अबिनास घिसिङलाई कुवेत बोलाएको थियो । नेपाल कुवेत तामाङ घेदुङले सात देशका राजदुत र अबिनास घिसिङको साथमा एतिहासिक बुद्धजयन्ति मनायो ।
यो पटकको तिजमा पनि यहिका नव प्रतिभा कलाकारहरुले ठाँउ लिए । नेपाली चेलीहरुको चाहानालाई मध्यनजर गर्दै नेपालकुवेत साँस्कृतिक मञ्चले भव्य आयोजना गर्यो नेपालकै पशुपतिमा लागेको जात्रा जस्तै देख्न पाईयो । दशैको त के कुरा राई ईज किङ कै उपाधि पाएका राजेश पायल राई त दर्शक बाट जोगिनै गारो पर्यो धन्न स्टेज सम्म भाचेनन शरिरका हरेक ठाँमा लगाएका बुलाकीहरु देखाउदै कमेजै खोले र नाङगीए शायद कुवेतमा रहेका युवाहरुको चाहाना लाई पुरा गर्न होला उनले वान्स मोर लाई पटक पटक नकारेनन लाली गुराँस सास्कृतिक परिवारले दशै राम्रै मनाई दियो ।
तिहार पनि निकै हर्ष र उमंग सँग बित्यो घर घरमा भैलो खेल्ने कार्यक्रम भए बिगतमा भन्दा धेरै समुह भैलो खेले । अलिकति बिबादित पनि भयो केहि दिन कुवेत तात्यो । माउन्ट एभरेष्ट क्लबले गरेको गरेको बनभोजमा पनि कुवेतबासिले चासो देखएनन् दर्शकको उपस्थिति निकै पातलो रह्यो । त्यस्तै डिसेम्बर ९ तारिकका दिन कुवेतको एक मात्र छापा पत्रीका मरुभूमिको कोसेली बचाउका लागी गरेको च्यारीटी सो मा दर्शक नै आएनन । कीन आएनन् ? कीन ! त्यो नआउने लाई नै थाहा होला हैन र ? यस पटक तामझाम सँगै मनाउने वर्डे पार्टिहरु पनि निकै भए शायद नाचगान बजानको स्वाद त्यतै तिर मिलेर पनि त्यो जमात यता नआएको पनि होला यस सालमा नेपाली नेपाली विचमा ग्याङ फाईट पनि भए टाउका पनि फोरे यसलाई पनि अस्वच्छ खालको प्रतिशपर्दा भन्न मिल्छ । यसले हाम्रो राष्ट्रियता माथी नै प्रश्न चिन्ह खडा गराएको छ । शायद हामी एक पक्षले त जित्यौ होला तर यहाँ सिङगो नेपाल राष्ट्रले हारेको छ । कामन गरौ यो नयाँ साल २०१२ ले हामीलाई सतवुध्दि देओस ।
डिसेम्वर २५ मा ख्रिष्टमस भव्यरुपमा मनाईयो तर फरक यो सालमा दुई भागमा वाँडिएर किन गरियो यो प्रतिशपर्दा ? किन र कस्को लागी ? त्यो त उहाँहरु लाई नै थाहा होला तर यो वर्षको ख्रिष्टमसमा पनि पुरानै रौनक र अनुयायीहरुको खचाखच थियो आशा गरौ आउदो सालको ख्रिष्मस एकै ठाँउमा ईसाई धर्मावलम्वीहरुले मान्नु हुने छ । नयाँ साललाई स्वागत गर्दै तमूहरुले पनि धुमधामका साथ ल्होछार मनाए यो अति नै अनुकरणीय छ किनकी उनीहरुले आफुले मात्र ल्होछार मनाएनन सबै नेपालीहरुलाई उत्तिकै महत्वका साथ जात,धर्म, भाषा,लिङका आधारमा नछुट्टाई ल्होछारलाई एउटा राष्ट्रिय पर्वको रुपमा मनाए जहाँ गुरुङं पोषाकमा सजिएका कलाकारहरुले घाँटु,रोदि,सोरठी, जस्ता कार्यक्रमहरु प्रश्तुत गरेका थिए । कार्यक्रमले सांच्ची नै पस्चिमाञ्चलको झल्को दिएको थियो भने गुरुङ लोक सस्कृतिको पनि आफैमा विशेषता छ भन्ने बुझिथ्यो तर कार्यक्रम एउटै आँगनमा हुन सकेन कीन यस्तो ? उता SDFC कम्पनिका क्या. कुल प्रशाद गुरुङले कुवेतमा ल्होछारको दिनमा नै गुरुङ संस्कृतिको पहिचान वढाउनका लागी फुटवलको आयोजना गरेर खेल-प्रेमी नेपालीहरुलाई मनोरञ्जन दिई गुरुङ समुदयको परमपरालाई विदेशमा पनि कयाम राखे शायद यसमा कसैको दुईमत छैन होला की ?
कुटनैतिक हिसाबले भन्नेहो भने २०११ सफल बर्ष भन्न सकिन्छ । जनबरि १८ मा तत्कालिन उपप्रधान तथा बिदेश मन्त्रि सुजना कोईरालाले कुवेत भ्रमण गर्नु भएको थियो । दुताबासको श्रीगणेश गर्नु भयो र कुवेत सरकारबाट केहि सहयोगार्थ प्रोरजेक्ट पनि लियर जानु भयो । कुवेत स्वतनत्र भएको ५० बर्षको खुसिमा कुवेतका राजाले दिएको निम्तो सुईकारि नेपालका पथम रास्ट्रपति रामबरण यादबले कुवेत भ्रमण गर्नु भयो । र सालको अन्तसम्म पुग्दा नेपालकी खेलकुद तथा युवा मन्त्री कमला रोकाले पनि कुवेत भ्रमण गर्नु भयो र खेलकुद क्षेत्रको लागि केहि सहयोग जुटाउनु भयो ।
यो बर्ष खाडिमुलुक कुवेतमा भलिबलको बाढिनै आयो कुवेतमा कृयासिल एन आर एन ए र तामाङ घेदुङ भन्दा अरु सवै संस्थाले भलिबल खेलको आयोजना गरे चाहे त्यो संस्था समाजिक, जातिय, सांस्कृतिक अथवा बचत होस । संस्था खोलेपछि भलिबल खेलाउनु पर्छ भन्ने लहर नै चल्यो ।
२०१२ को सुरुपनि २०११ जस्तै सांस्कृतिक कार्यक्रमबाट हुदै छ । कुवेतमा सबै भन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोटिङ क्लवले नेपाल बाट ख्याती प्राप्त कलाकारहरुलाई अतिथिको रुपमा बोलाएर जनवरी ६ तारीखको दिन सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
--
राजन रिमाल
तनहुँ दुलेगौडा
हाल कुवेत