Responsive Ad Slot

latest

महिलाको संख्या बिढ I

Monday, December 5

/ by Masti Entertainment
सुवास लामिछाने, मंसिर १९,

मालपोत कार्यलय चितवनमा जग्गा पास गर्नेहरुमा पुरुको तुलनामा महिलाको संख्या बढि रहेको छ । जग्गा पास गर्दा नगरपालिकाका महिलाहरुलाई ३६ प्रतिशत र ग्रामिण महिलाहरुलाई ३० प्रतिशत छुट हुने भएकोले महिलाहरुको नाममा जग्गा बढि हुन थालेको हो । गत बर्षको तुलनामा यसबर्ष जग्गाको कारोवारमा ५० प्रतिशत कम भएकोले हाल मालपोत कार्यलय चितवनमा साउन महिना देखि कार्तिक महिनासम्म ग्रामिण क्षेत्रका एक हजार तिन सय तेतिस र सहरी इाेत्रमा एक हजार दुई सय बतिस जनाले जग्गा पास गरेका छन ।

कार्तिकमा मात्र गाउं र सहर दुवैमा एक हजार चार सय नब्बे जनाले जग्गन पास गरेका छन । जसमध्ये गाउका पाचसय तेइस जना र सहरका चारसय त्रिसठठी महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय चितवनका नायक सुब्बा वुद्धिकुमारु श्रेष्ठले जानकारी दिनुभयो । उहाले कार्तिक महिनामा मात्र मालपोत कार्यालयमा जग्गाको कारोबार एक करोड बाईस लाख पैतिस हजार चार सय तेईस रुपैया दस्तुर भएको बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI