Responsive Ad Slot

latest

चितवनमा अवरुद्ध भएको नेपाल टेलिकमको सेवा १९ घण्टा पछि सुचारु I

Wednesday, December 21

/ by Admin BHOLA THAPA

सुभास लामिछाने
चितवन पुष ६-चितवनमा अवरुद्ध भएको नेपाल टेलिकमको सेवा १९ घण्टा पछि सुचारु भएको छ । नेपाल टेलिकमको फाईवर लिङ्कमा समस्या आउदा हिजो साँझ ५ वजे देखि सेवा अवरुद्ध भएको थियो । फाईबर मर्मत पछि आज मध्यान्हदेखि सेवा सुचारु भएको नेपाल टेलिकम कार्यालय टाँडी शाखाले जनाएको छ । बाटो बनाउने क्रममा टेलिकमको फाईबर लाईन चुडिदा टेलिकमबाट हुने सवै सेवा अवरुद्ध भएको थियो । सेवा अवरुद्ध हुँदा लाखौ सेवाग्राही मर्कामा परेका थिए । सेवा सन्चालन हुँदा पनि फोन नलाग्ने समस्यामा पर्ने गरेका चितवनवासीहरु पटक पटक यस्तो समस्यामा पर्दै आईरहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI