झपा,
पौष ७-गएराति झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडागी १ मा आगलागी भएको छ ।
आगलागीका कराण १७ वटा छाप्रा नष्ट भएका छन । बेलडागी १ सेक्टर जी वान हट नम्बर ९२ का धनबहादुर विकको भान्साबाट राति साढे नौ बजे सल्केको आगोले शिविरका १४ वटा छाप्रा जलेर नष्ट भएको र अन्य ३ वटा छाप्रा आगलागी नियन्त्रणका लागि भत्काउनु परेको थियो । आगलागीबाट १७ परिवारका ८२ जना शरणार्थी विस्थापित भएका छन् ।
उनीहरुलाई स्थानीय ग्रीनभेली एकाडेमी स्कुलमा अस्थाई बसोबासको व्यवस्था मिलाई राखिएको छ ।आगो राति १२ बजे दमक, भद्रपुर र मेचीनगरका दमकल, प्रहरी र स्थानीय शरणार्थीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट करिब सात लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।त्यस्तै गएराति मोरङ्गको थलाहा ८ स्थित लक्ष्मी राजवंशीको घरमा पनि आगालागी हुदा एक लाख १८ हजार मूल्य बराबरको क्षति भएको छ ।
राति एघार बजे घुरबाट सल्केको आगोले राजवंशीको एउटा घर, घरभित्रका सम्पूर्ण सामान र २ वटा बाख्रा जलेर मरेको बताइएको छ ।आगो आज विहान एक बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको मोरङ्ग प्रहरीले जनाएको छ ।