Responsive Ad Slot

latest

विवादित थप २ बुँदामा सहमति,विवादित बुँदाको संख्या अव १४ I

Sunday, December 18

/ by Admin BHOLA THAPA
काठमान्डौ
पुस ३-संवैधानिक समिति अन्तरगत गठित विबाद समाधान उपसमितिले भावी संविधानका अन्तरवस्तुमा रहेका थप दुई विबादमा सहमति गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज विहान बसेको उपसमिति बैठकले विबादित दुईवटा बिषयमा सहमति कायम गरेको हो । उपसमिति संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थप दुई बिषयमा सहमति भएको जानकारी दिदै संबैधानिक समितिमा पेश नगर्दासम्म सहमतिबारे बताउन नमिल्ने बताउनुभयो ।

भोलि बस्ने संबैधानिक समितिमा आज भएका सहमतिलाई अनुमोदनको लागि पेस गरिनेछ । स्रोतका अनुसार संविधान संशोधन र राजदूत नियुक्ति सम्बन्धी दुईवटा बिषयमा सहमति भएको हो । संविधान संशोधन सम्बन्धी व्यबस्थामा बहुमत प्रदेशले संविधान संशोधन प्रस्ताव केन्द्रीय व्यबस्थापिकामा ल्याउन सक्ने सहमति भएको छ । यद्यपी यसको अन्तिम टुङ्गो भने राज्यपुर्नसंरचना समितिको प्रतिवेदनसंगै लगाउने बिषयमा सहमति उपसमितिले गरेको छ ।

यसैगरी राजदुत नियुक्ति सम्बन्धमा समानुपातिक समावेशी सिद्धान्त स्वीकार्दै संविधानमा नराखी व्याख्यात्मक टिप्पणीमा उल्लेखगर्ने सहमति भएको छ । सहमति भएका बिषय संवैधानिक समितिमा पेश गरेपछिमात्र सार्वजानिक गर्ने भन्दै नेताहरुले बताउन मानेनन् । यसअघि सहमति भएका बिषय संचार माध्यममा आएपछि संवैधानिक समितिमा छलफल लम्बिएकोले संचार माध्यममा सार्वजानिक नगर्ने सहमति भएको नेताहरुले बताएका छन् । सहमतिसँगै राज्यपुनर्संरचना बाहेक विबादका बुँदा १४ मा झरेको छ । उपसमितिको अर्को बैठक पर्सी बस्नेछ
Don't Miss
© all rights reserved
made with by netKUTI