नारायण सापकोटा
चितबन मंसिर १८-चितबनमा केही बर्ष यता मेला ,महोत्सब र प्रर्दशनी हुने क्रम बढ्दै गएको छ । बिकाशका नाममा सुरु गरीने यस्ता मेला ,महोत्सब र प्रर्दशनी प्रर्दशनमा मात्रै सिमीत भएको छन् । मेला ,महोत्सब र प्रर्दशनी सुरु हनु भन्दा अगाडी सम्म बिकाशको ब्यापक होड लिने यस्ता प्रर्दशनि आयोजकले , प्रर्दशनि सकिए लगतै बिकाशको नारा भुसुक्कै भुल्दछन् ।प्रर्दशनि सकिए पछि नाफ घाटाको हिसाब किताब हुन्छ ,नाफा घाटाको टुङ्गो लाग्छ ,अनि बिकाशको नारा बिर्सिन्छ ।
चितबनमा केही बर्षयता ४ देखी ५ ओटा मेला ,महोत्सब र प्रर्दशनी हुन थालेका छन् । केही दिन अगाडी मात्रै बृहत पूस्तक प्रर्दशनि र खेलकुद महोत्सब सकिएको छ ।केहीदिनमा नै चितबनमा औधोगी प्रर्दशनि सुरु हुदै छ ,र केही समय पछि नै हुने रत्ननगर महोत्सबको पनि ब्यापक तयारी गरीएको छ । यसै बर्ष मात्रै चितबनमा अझै कति मेला ,महोत्सब र प्रर्दशनी थपिने हन् भन्न सकिने अबस्था छैन ।सबै प्रर्दशनिको एउटै भनाई हुन्छ ,बिकाशको लागी गरीएको यो मेला ,महोत्सब र प्रर्दशनी सबैले एक पटक अबलोकन गर्नै पर्छ ।
सबैको हुन्छ २० रुपैयाको टिकट बेच्ने बहना , मेला ,महोत्सब र प्रर्दशनी हुनु आफ्ैमा नराम्रो भने होईन तर प्रबेश शुल्क २० रुपैया संगै यस्ता प्रर्दशनिको मज्जा लिनको लागी अर्काे १ हजार रुपैयाको चाजो पाजो मिलाउनु पर्छ अबलोकन कर्ताले ,जसले हजार रुपैयाको चाजो पाजो मिलाउन सक्दैन उसले फनफनि प्रर्दशनिको एरीया घुम्ने र ८ ,१० ओटा पर्चा पम्पलेट बटुल्ने सिबाय अर्काे कुनै बिकल्प छैन मेला ,महोत्सब र प्रर्दशनी मज्जा लिनुको ।
अझ अबलोकन कर्तालाई महोत्सब भित्र भएका बिभिन्न खेलका दृष्यले मन लोभ्याउने गर्दछ । ति खेल खेल्नको लागी १ जना अबलोकन कर्ता ५ मिनटको लागी ५० रुपैया तयार गर्नु पर्द छ । यस्ता प्रकारका खेल मेला ,महोत्सब र प्रर्दशनीमा झण्डै २० ओटा भेटिन्छन् । यसरी बर्षमा नै ४,५ ओटा आयोजना हुने मेला ,महोत्सब र प्रर्दशनी चितबनबासी दिक्क भएका छन् । बिकाशका नाममा आयोजना हुने यस्ता मेला ,महोत्सब र प्रर्दशनीबाट सबैले देख्ने गरी बिकाशका काम काही हुन नसकेको पनि चितबनबासीले गुनासो गर्न सुरु गरेका छन् । यस्ता मेला ,महोत्सब र प्रर्दशनीबाट आएको रकमले कहा कसरी बिकाश भयो भनेर सबैले खोज्नु पर्ने आबश्यक्त बढ्दै गएको छ ।