Responsive Ad Slot

latest

भूपु उपप्रधानमन्त्री तथा एनेकपा माओवादी पोलिटव्यूरो सदस्य अमिक शेरचन तथा मजदुर नेता सभासद शालिकराम जमरकट्टेल कतार आउनेI

Wednesday, December 14

/ by Admin BHOLA THAPA
तिलविक्रम थेबे,
दोहा कतार-नेपाली जनप्रगतिशील मंच कतारको आगामी दिुसम्बर ३० तारिखमा सम्पन्न हुने दोस्रो महाधिवेशनको प्रमुख अतिथीको रुपमा नेपालबाट भुपु उपप्रधानमन्त्री अमिक शेरचन र मजदुर नेता सभासद शालिकराम जमरकट्टेल कतार आउने भएकाछन् । भुपु उपप्रधानमन्त्री, चितवनबाट निर्वाचित संविधान सभाका सभासद तथा एनेकपा माओवादी स्थायी समिति सदस्य रहेका शेरचन तथा नेपाल ट्रेड युनियन मजदुर संंंघका अध्यक्ष तथा धादिङ्गबाट निर्वाचित सभासद शालिकराम जमरकट्टेलले मंचको भव्य एवं शानदार दोस्रो अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



नेता अमिक शेरचक निर्भिक एव परिस्थितिजन्य अवस्थामा नेतृत्व दिन सक्षम र राजनैतिक निकासको वातावरण बनाउन सक्ने नेताको रुपमा पनि चिनिन्छन् । स्व.गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सात दलको अन्तरिम सरकारको पालामा नेता शेरचनले २ वर्षभन्दा बढी (जुन ११, २००६ देखि जुलाई २३, २००८) उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । ०६२ ÷०६३ को ऐतिहासिक आन्दोलनमा नेता शेरचनले सातदलको अन्य शिर्ष नेताहरुसंगै आफुले पनि शिर्ष भूमिका निर्वाह गरेका थिए भने सभासद जमरकट्टेल मजदुरहरुका हकहितका लागि लड्ने उदाहरणीय नेता हुन् । नेपाली जनप्रगतिशील मंच कतारले “जनताको संघियता गणतन्त्र नेपाल हाम्रो चाहना–दिगो शान्तिी र जनसंविधानका लागि प्रवासी नेपालीहरुको शुभकामना” भन्ने मूलनाराका साथ भन्य एवं शानदार रुपमा दोस्रो अधिवेशन दिसम्बर ३०, २०११ शुक्रबारका दिन सम्पन्न गर्न सम्पूर्ण तयारी गरिसकेको अधिवेशन मूल आयोजक समितिले जानकारी दिदै सम्पूर्ण न्यायप्रमी कतारमा कार्यरत नेपाली जन समुदायलाईलाई यो अधिवेशनको लागि सुचना समेत केन्द्रिय कार्यालयले जारी गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI