अनुप बाबु श्रेष्ठ
गोरखा पुस १६ गते ।
यातयात व्यवसायी समिति गोरखाले गरेको गोरखा जिल्लाभरको यातयात बन्दको कारण आज पनि गोरखाको जनजिवन प्रभावीत भएको छ । हिजो विहान देखि गरीएको अनिश्चित कालीन जिल्लाभरको यातयात बन्द आज पनि जारी छ । बन्द खुलाउने विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय गोरखाले दुबै यातयात व्यवसायीलाई बार्ताको लागीा बोलाईएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै यता यातयात व्यावसायी समिति गोरखाले भने पृथ्वी राजमार्ग बस सञ्चालक समिति लाई बार्ताको लागी बोलाईएको तर सो समिती सम्पर्कमा नआएकोले आज पनि बैठक हुने सम्भाबना कम रहेको जनाएको छ । यातयात व्यवसायी समिती गोरखाका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति पनि वार्ताको लागी आएमा र बार्ता सफल भएमा आज साझँसम्म यातयात खुल्ने बताइएको छ ।
यसैविच आज विहान ६ बजेबाट यातयात सुचारु गर्ने भनी हिजो बसेको जिल्लाको शान्ति समितिको बैठक पनि असफल भएको छ । बैठकले अस्ति थुनिएका २२ जना बन्दीहरुलाई छोड्नुपर्ने जनाएपछि बैठक असफल भएको यातयात व्यवसायी समिति गोरखाका कोषाध्यक्ष नारायण खत्रीले जनाउनुभएको छ ।
साथै उहाँले बैठकले यस्तो प्रस्ताव राखेपछि यसमा यातयात व्यवसायी समिति गोरखा सहमत नभएपछि बन्द पुन जारी रहेको बताउनुभयो । आज पनि बिहानै देखि गोरखा जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दा यात्रुहरु निकै मर्कामा परेका छन् ।त्यस्तै पृथ्वि राजमार्ग बस सञ्चालक समितिले पनि आफु मातहतका सावारी साधनहरु सञ्चालन हुन दिएको छैन ।
गोर्खाको झगडाले चितवनमा चक्काजाम , प्रहरी वल प्रयोग गर्न वाध्य
गोर्खामा भएको बिबादलाई लिएर चितवनमा यातयात व्यावसायीले गरेको चक्काजाम प्रहरीले बल प्रयोग गरि खुलाएको छ । बस ब्याबसायी समिती बिचको बिबादका कारण चितवनको आपटारीमा गरिएको चक्काजाम खुलाउन ६ जनालाई पक्राउ गरि अवरोधकर्ता लाई तितर बितर पारिएको प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यलयमा राखिएको थापाले जानकारी दिनुभयो । यातयात ब्याबसायी समिती गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बिचको विवादलाई लिएर पृथ्वी राजमार्ग वस ब्याबसायि समितीले चक्काजाम गरेको हो ।