तनहुँ,
पुष १-शुक्ला गण्डकी जेसीजको अध्यक्षमा भीम सुवेदी चयन भएका छन् । शुक्रबार भएको अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा सुजन श्रेष्ठ र उपाध्यक्षहरुमा विजय अर्याल अमृत पौडेल विनोद अधिकारी विक्रम तिम्सेना र शाखा सम्पादकमा पूर्ण कायस्थ चयन भएका छन् ।
यसअघि जेसीजको नवौ साधारण सभा तथा वार्षिक अधिवेशनका नेपाल जेसीजका पूर्व कार्यकारणी उपाध्यक्ष एल। के। शर्माले उद्घाटन गरेका थिए । शुक्ला गण्डकी जेसिजका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल जेसीज वर्ष २०११ का उपाध्यक्ष गणेश अधिकारी नेकपा एमाले केन्द्रीय आनुशासन आयोगका सदस्य शेषमणि आचार्य व्यास नगर जेसीज १९९९ का अध्यक्ष देवकुमार श्रेष्ठ तनहँु उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हरि कुमार श्रेष्ठ भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष भक्त बहादुर रिमाल शुक्ला गण्डकी जेसिज वर्ष २००९ का अध्यक्ष समुन्द्रराम श्रेष्ठ पोखरा जेसीजका शिव कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशन निर्देशक त्रिलोचन लम्सालले स्वागत गरेको कार्यक्रमको सह-सचिव तीर्थराज खनालले साचालन गरेका थिए ।