दमौली,
पुस ४-नेपाली काँग्रेसले आह्वान गरेको नेपाल बन्दको प्रभाव सोमबार तनहँमा परेको छ । बन्दको कारण पृथ्विराजमार्ग तथा भित्री सडकहरुमा कुनै पनि सवारी साधनहरु सञ्चालन भएका छैनन् । त्यस्तै बन्दको कारण जिल्लाका सम्पुर्ण शिक्षण संस्थाहरुमा पठन पाठन अबरद्ध भएको छ । जसले गर्दा १ लाख भन्दा बढि विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएका छन् । बन्दले जिल्ला सदरमुकाम दमौली सहित प्रमुख व्यापारी बजारहरु आँवुखैरेनी, डुम्रे, बन्दिपुर, खैरेनीटार भिमाद र दुलेगौंडामा कुनै पनि यातयात, शिक्षण संस्था, उद्योग धन्दा र कलकारखानाहरु सञ्चालन भएका छैनन् ।
बन्द सफल पार्न काँग्रेसका कार्यकर्ताहरु मुख्य बजारहरुमा खटिएका छन् । बन्दमा अन्य सवारी साधनहरुलाई अवरोध गरिएपनि प्रेस, मानवअधिकारकर्मी, कुटनीतिक नियोग, पर्यटक, दुध बोक्ने, खानेपानी, एम्बुलेन्स र फोहोर संकलन गर्ने सवारी साधनहरुभने निर्वाधरुपमा सञ्चालन भएका छन् । बन्दको क्रममा कुनै पनि किसिमको तोडफोड र आगजजनीको घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारी कार्यालयहरु खुले पनि सेवाग्राहीहरु नआउँदा कामकाज भएको छैन । बन्द पाँच बजे सकिने काँग्रेसका नेताहरुले जनाएका छन् ।
काँग्रेसले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको भरतपुर कारागारमा कुटीकुटी हत्या हुँदा समेत राज्य मुकर्दशक भएको भन्दै मृतकलाई शहिद घोषणा, परिवारलाई उचित क्षतिपुर्ती र कारागार घटनाको न्यायिक छानबिन हुनु पर्ने माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।
चितवनका तरुणदल अध्यक्ष शिब पौडेलको निधनपछि आव्हान गरिएको नेपाल वन्दको क्रममा सोमवार वन्द रहेका दमौली वजारका पसलहरु । तनहु“मा वन्दको प्रभाव पूर्ण रुपमा परेको छ । तस्विर पूर्ण विके |