रामप्रसाद ढुंगेल
मध्यपूर्वको आर्थिकरुपमा सर्वशक्तिमान मुलुक कतारमा कुनै समय पत्रकारिता गरेका कान्तिपुर दैनिकका पत्रकार तथा नेपाली वाङ्मयमा ‘रेगिस्तान डायरी’ जस्तो चर्चित कृति दर्ता गराउने देवेन्द्र भट्राईले बारम्बार भन्ने गर्थे रे ‘कतारमा ३ लाख नेपाली छन् तर कवि तथा साहित्यकारहरु ६ लाख जति होलान् ।’
उनीस“ग सङ्गत नगरेको र उनले कतार छाडेको केही वर्षको अन्तरालमा कतार प्रवेश गरेको मैले उनको उक्त अभिव्यक्तिलाई सुरुमा तथ्यहीन ठानेको थिए“ । उनले यसो किन भनेका होलान् जस्तो लाग्थ्यो मलाई । गणितीय दृष्टिकोणले सरसर्ती हेर्दा भट्राईको भनाइ अविश्वसनीय र आधारहीन रहेको जोकोहीले दाबी गर्न सक्छन् ।
देशमा बेरोजगारहरु गुणात्मक रुपमा दिनदिनै बढिरहेको वर्तमान सन्दर्भमा रोजगारीको सरल तथा सुलभ गन्तव्य कतार भित्रिने नेपालीहरुको सङ्ख्या पनि बढिरहेकै छ । यसरी भित्रिनेहरुमा धेरै जसो अदक्ष नेपाली युवाहरु छन् भने त्यही जमातमा कवि, कलाकार, गायक र विभिन्न पेसा र क्षेत्रमा काम गरेका नेपालीहरु पनि कतार आइरहेका छन् । यसमा पनि नेपालको सुरम्य वातावरण, खोलानाला, पहाड, झर्नालगायत आफन्तहरुस“गको विछोडको यादमा तडपि“दै तातो मरुभूमिमा आफ्ना भावना, पीडा, चाहना र कुण्ठालाई व्यक्त गर्ने बहानामा कोही कविता रच्छन् अनि कोही गजल लेख्न पुग्दा रहेछन् । यो एउटा आत्मसन्तुष्टि र मन बहलाउने भरपर्दो माध्यम पनि हो ।
यहा“ असी प्रतिशत नेपालीहरु कठोर श्रम गर्न बाध्य छन् । त्यही कठोरताभित्रका पीडाहरु कहिले कविता बनी आउ“छन् त कहिले कथा बनेर छाउ“छन् । काम र मामको खोजी गर्ने सिलसिलामा मध्यपूर्वका देशहरुमा पसिना बगाउ“दै सङ्घर्ष गरिरह“दा कुनै नेपालीहरु मृत्युको मुखमा पुगी समाचार बनेर पनि आउने गर्छन् कहिलेका“ही छापाहरुमा ।
पत्रकार देवेन्द्र भटराईकोे ‘कतारमा ६ लाख नेपाली साहित्यकारहरु छन्’ भन्ने व्यङ्ग्यले के प्रमाणित गर्छ भने यहा“ अर्थात् कतारमा धेरै साहित्यकारहरु छन् । यहा“ नेपाली श्रमिकहरुभन्दा बढी नेपाली साहित्यकारहरु पाइन्छन् । त्यसो त पत्रकार भटराईले कतारमा कार्यरत युवाहरु जो कविता अनि गजल लेख्छन् उनीहरुले आफ्नो नामको पछाडि अर्को उपनाम राख्ने गरेका कारण ६ लाख साहित्यकारहरु भएको व्यङ्ग्य गरेको हुनुपर्छ । सा“च्चै नै एउटामात्रै नाम गरेको स्वघोषित साहित्यकार पाउन मुस्किल छ कतारमा । त्यसैले भट्राईको व्यङ्ग्य अर्थपूर्ण लाग्न थालेको छ हिजोआज मलाई ।
आफ्नी प्रेमिकाको यादमा डुबेर दुईचार हरफ शृङ्गारिक वाक्य लेख्दैमा साहित्यकार भइन्छ ? कसैले नबुझने शब्द चयन गर्दै पाठकलाई भ्रममा राखेर आफैले आफैंलाई ठूलो कवि हु“ भन्दै हि“ड्दा साहित्यको सेवा हुन्छ ? त्यसो त छन्दको आधारभूत ज्ञान भएका बद्रीप्रसाद पराजुली, इन्द्रमणि नेपाल, कवितामा विशेष दक्षता राख्ने तीर्थ संगम राई, विश्वस्तरीय अडियो कवितामा प्रथम हुने चर्चित ढुंगेल र उनीहरुकै मार्ग पछ्याउनेहरु पनि कतारमँ नभएका होइनन् तर तर, यी दुईचार हस्ताक्षरलाई एकातिर राखेर हेर्ने हो भने कतारमा नेपाली साहित्यको अवस्था अत्यन्त दयनीय लाग्छ ।
साहित्य शब्दको अर्थलाई एक पटक राम्ररी गमेर हेरौं । साहित्य अर्थात् हित सहितको रचना नै साहित्य हो । कतारमा रचिएको कुन रचनाले नेपाल र नेपाली जनता, नेपाली समाजको हित गरेको छ ? कसका रचनाले बाटो बिराएकाहरुलाई सही मार्गमा ल्याउन प्रभावकारी भूमिका निर्वाह गरेको छ ?
साहित्यकार भनेको केवल एउटा व्यक्तिमात्र होइन, समाजको अगुवा व्यक्तित्व हो । साहित्यकार प्रबुद्ध वर्गको व्यक्तित्व भएका कारण उसको समाजप्रति निश्चित दायित्व हुन्छ । त्यसैले साहित्यकारलाई सामाजिक प्राणी मानिन्छ । सामाजिक दायित्व बहन गरेपछि व्यक्तिगत कुण्ठा, रीसराग, भेदभाव, उचनीच, तेरोमेरो आदि कुभावना साहित्यकारको रचनामा आउनै मिल्दैन । उसको रचनाले समाजमा सद्भावको विकास गर्न सक्नुपर्छ । उसको रचनाले समाजलाई सही मार्गनिर्देश गर्न सक्नुपर्छ । तर कतारमा रचित कुन साहित्यकारको रचनाले समाजको सर्वाङ्गीण हितको पक्षमा वकालत गरेको छ ? अब त्यसको खोजी गरी सच्चा साहित्यकार पत्तो लगाउनुपर्ने बेला आएको छ । दुईचारवटा रचना प्रकाशन गर्दैमा साहित्यकार बन्न सकिन्न । न त कुनै विश्वविद्यालयमा अध्ययन गर्दैमा साहित्यकारको डिग्री हासिल गर्न सकिन्छ । संसारमा यस्तो कुनै शिक्षालय नै छैन, जहा“ अध्ययन गरेका सबै विद्यार्थीहरु साहित्यकार बन्न सकून् ।
त्यसो त समाजलाई साहित्यको उद्गम बिन्दु मानिन्छ । त्यसैले नै भनिएको हुनुपर्छ कि साहित्य समाजको दर्पण हो । तर अबको साहित्यले समाजका क्रियाकलापलाई दर्पण अर्थात् ऐनाले झैं देखाएर मात्र पुग्दैन । समाजमा अभाव छ, अन्योलता छ, थिचोमिचो छ भन्ने कुरा सबैलाई थाहा छ । अब त्यही अन्योलतालाई लिपिबद्ध गर्दैमा साहित्यकार बन्न सकिन्न । समाजको बेथितिपूर्ण अवस्थालाई चित्रण गर्ने ठेक्का साहित्यकारलाई मात्र प्राप्त ह“ुदैन । सबैले समाजको अवस्थालाई आआफ्नै तरिकाले चित्रण गरेकै हुन्छन् नि । शिक्षकले पनि शिक्षण गर्ने सिलसिलामा आफ्ना विद्यार्थीहरुलाई समाजकै चित्रण गरिरहेकै हुन्छ । पत्रकारले समाजकै कुरालाई समाचारमा पस्किरहेको हुन्छ । नेताले समाजकै अवस्थाका बारेमा बोलिरहेको हुन्छ । जा“डपाटीमा समाजकै चर्चा हुन्छ । यसरी शिक्षक, पत्रकार, नेता, ज“ड्याहा सबैले समाजकै चित्रण आआफ्नै ढङ्गले गरिरहेकै हुन्छन् । साहित्य समाजको दर्पण हो भने त शिक्षक, पत्रकार, नेता, ज“ड्याहा पनि त साहित्यकारकै कोटीमा परे नि होइन र ? त्यो एङ्गलबाट हेर्ने हो भने पत्रकार भटराईले भनेझैं सा“च्चै नै ६ लाख नेपालीहरु कतारमा कविजीवन बा“चिरहेका छन् ।
मेरो विचारमा समाजको चित्रण गर्दैमा न त साहित्यकार भइन्छ न त साहित्यको सेवा हुन्छ । समाजलाई समुन्नत बनाउने रचनामात्र सा“चो अर्थमा साहित्यिक रचना हो अनि समाजलाई नै अग्रगमनतर्फ लान प्रेरित गर्ने साहित्य वास्तविक साहित्य हो र कलात्मक अभिव्यक्ति गर्नसक्ने समाजप्रति बफादार व्यक्तित्वमात्र सच्चा साहित्यकार हो ।
यी तीन कुराको अभावमा आफ्ना विशृङ्खल अभिव्यक्तिलाई जथाभावी पोख्दैमा कोही पनि साहित्यकार बन्न सक्दैन । आज जस्तोसुकै रचनालाई पनि साहित्यक रचना मानिदिनाले र जोकोहीलाई साहित्यकारको पंक्तिमा राखिदिनाले गर्दा हाम्रो साहित्यको स्तर दयनीय बन्दै गएको छ । त्यही कारणले साहित्यकारहरको मूल्य पनि घटिरहेको छ । अझै पनि नेपाली समाजमा म साहित्यकार ह“ु भनेर केटी माग्न जान सक्ने अवस्थाको विकास भएको छैन । नेपाली साहित्य व्यवसायिक बन्न नसक्नुमा देवेन्द्रले भनेझैं ३ लाख नेपाली भएको ठाउ“मा ६ लाख साहित्यकार हुनु पनि एक प्रमुख कारण हो । त्यसैले हाम्रो शरीरमा भएका दुईवटा कानको माध्यमबाट धेरै सुनौं अनि एउटा मुखको माध्यमबाट ठिक्क मात्र बोलौं । हाम्रो शरीरझै साहित्यको सन्दर्भमा पनि अग्रजहरुका स्तरीय रचना धेरै पढौं अनि समाजोपयोगी कुरा मात्र लेखौं, जुन थोरै किन नहोस् ।
सबैलाई चेतना भया ।
Email:ram_3098@yahoo.com
दोहा, कतार