Responsive Ad Slot

latest

कुलतमा फस्ने युवाहरुको संख्या बढी I

Wednesday, December 21

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितबन पुस ६-नवलपरासीमा लागुऔषधको कुलतमा फस्ने युवाहरुको संख्या बढी देखिएको छ । पछिल्लो पटक प्रहरीले लागुऔÈध प्रयोग गरेको आरोपमा पक्राउ परेकाहरुकोे तथ्याङक हेर्दा युबाहरुको संख्या बढी देखिएको हो । ब्राउन सुगर , स्पासमो, फेन्सी डिल, टिडिजिसी जस्ता लागुऔÈध भारतमा निर्वाध रुपमा बिक्री वितरण हुने भएकाले युवाहरुलाई कुलतमा फस्न सहज भएको स्थानियबासीले गुनासो गरेका छन् । ति औÈधहरु भारतको बाटो भएर नेपाल भित्रिने गरेको नबलपरासी काबासेतीका नायब उपरीÔक मुकुन्द मरासिनीले बताउनु भयो । इलाका प्रहरी कार्यालय कावासोतीले पछिल्लो तीन महिनामा २० देखि २५ वर्È उमेर समूहका सात लागुऔÈध दुव्र्यसनीलाई पक्राउ गरी मुद्दा चलाएको मरासिनीले जानकारी दिनु भयो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय गै“डाकोटले चार महिनाअघि दुई युवालाई टिडिजिसी नामक लागुऔषध प्रयोग गर्दै गरेको अवस्थामा पक्राउ गरी मुद्धा चलाएको थियो । कुलतमा फसेका दुव्र्यसनीले ब्राउन सुगर, स्पासमो, फेन्सी डिल, टिडिजिसीलगायतका लागुऔÈध प्रयोग गर्ने गरेको प्रहरीले दिएको तथ्याङकबाट खुलेको छ ।

भारतबाट भित्रिएका लागुऔÈध सोझै मुख्यमुख्य तथा ठूला बजारहरुमा पुग्दैनन् । यसको लागि नेपालकै मुख्य नाका बर्दघाटदेखि सुनवलसम्मको इलाका बन्ने गरेको छ । अहिलेसम्म पक्राउ गरेका युवाहरुले बर्दघाट वा सुनवल क्षेत्रबाट लागुऔÈध किनेर ल्याएको बताएका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीको मुद्धा फाटका प्रहरी हवल्दार वामदेव घिमिरेका अनुसार लागुऔÈध भारतबाट खुला सिमानाका कारण
नेपाल भित्रने गरेको र ती लागुऔÈध बर्दघाट, सुनवललगायतका क्षेत्रलाई मुख्य नाका बनाएर बुटवल, नारायणगढ, पोखरासम्म ओसारपोसार हुने गरेको बताउनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI