काठमाडौं,
मंसिर २५- सेना समायोजन विशेष समितिले लडाकूहरुको समायोजन, स्वच्छिक अबकास र पुनःस्थापना प्रक्रियाको प्रस्ताव तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको छ ।
विशेष समितिको आइतबार बसेको बैठकले लडाकूहरुको समायोजन, पुनःस्थापना, स्वच्छिक अबकास र पुनःस्थापना प्रक्रियाको प्रस्ताव तयार पार्न सचिवालयलाई निर्देशन दिएको सदस्य भीव रावलले जानकारी दिनुभयो । सचिवालयले तयार पारेको प्रस्तावलाई आगामी पुष १ गते बस्ने विशेष समितिको बैठकले टुङ्गो लगाउने छ ।
सचिवालयका अनुसार हालै भएको वर्गीकरण प्रक्रियामा १६ हजार ९ सय ६४ लडाकू सहभागी भएका छन् । उनीअरु मध्ये ९ हजार ६ सय ९० लडाकूले समायोजन, ७ हजार २ सय ८६ ले स्वच्छिक अबकास र ६ जना लडाकूले मात्र पुनःस्थापना प्याजेक रोजेका छन् ।
बैठकले हालै सम्पन्न वर्गीकरण प्रक्रियामा छुटेका लडाकूहरुको मंसिर २८ र २९ गते वर्गीकरण गर्ने निर्णय गरेको छ । बैठकले वर्गीकरण प्रक्रिया सफलतापूर्वक सञ्चालन गरेको भन्दै माओवादी लडाकू र मातहतको सचिवालयलाई धन्यवाद दिएको छ ।