नारयण सापकोटा
काठमाण्डौ पुस ७ -मन्त्रीपरिषदको बैठक आज बस्दैछ । दिउसो ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदबरामा बस्ने बैठकमा सरकारका नियमित काम कार्वाहीका बारेमा पनि छलफल हुनेछ ।
त्यसैगरी पेट्रोलियम पदार्थको संकट टार्न डिजलको दोहोरो मुल्य हटाउने विषयमा छलफल हुने प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
वाणिज्य मन्त्रालयले मन्त्रीपरिषद्माडिजलको दोहोरो मुल्य हटाउन, डिजल र ग्याँसमा आशिंक मुल्य समायोजन गर्ने र पेट्रोलियम पदार्थको कारोबारमा हुने घाटा धान्न कर छुट दिनुपर्ने प्रस्ताव गर्दैछ ।
डिजल प्रतिलिटर ८५ रुपैयाँ कायम गर्ने वाणिज्य मन्त्री लेखराज भट्टले जानकारी दिएका छन ।