नरयण सापकोटा,
काठमाडौ पुस ६-उपसमितिमा सहमति भएका बुदा अनुमोदन गर्न संवैधानिक समितिको बैठक बस्दै छ ।
समितिको कार्यकक्ष सिंहदरवारमा केहीवेरमा शुरु हुने वैठकले विवाद समाधान उपसमितिले सहमति जुटाएका विषयलाई थप छलफल पछि अनुमोदन गर्ने सद्भावना पार्टिका सह अध्यक्ष लक्ष्मणलाल कर्णले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।
संविधानको प्रस्तावना र संविधान संशोधनको व्यवस्थाका विषयमा रहेका विवादमा उपसमितिको बैठकमा दलहरु सहमति नजिक पुगेपछि थप छलफलपछि अनुमोदन गराउन संवैधानिक समितिको बैठक बोलाइएको हो ।
यसअघि हिजो बसेको उपसमितिको बैठकमा विवादित तीनवटा विषयमासहमति जुटेको छ ।
यसअघि आईतवार वसेको उपसमितिको वैठकले राजदूत नियुक्ति र संविधान संशोधनका विषयका महत्वपूर्ण सहमति जुटाएको थियो ।
दलहरुले गोप्य राखेका ती सवै सहमतिलाई संवैधानिक समितिले आज अनुमोदन गरेपछि सार्वजनिक गरिनेछ ।
विवाद समाधानका लागी पुस १५ गतेसम्मको समय पाएको उपसमितिले राज्य पुनर्संरचनावाहेक अव ११ वटा विषयमा सहमति जुटाउन बांकी छ ।