गंगा गौतम
ताप्लेजुङ पुस ७ - एकै सिजनको एक सप्ताहमा दुइ पटक सम्म बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर बिश्व किर्तिमान कायम गर्नुभएकी ताप्लेजुङको लेलेप ९ घुन्सा निबासी छ्युरिम शेर्पालाइ आज ताप्लेजुङमा नागरिक अभिनन्दन गरिदै छ ।
पर्यटन ब्यवसायी, नागरिक समाज, प्रशासन लगायतको आयोजनामा अभिनन्दन गर्न लागीएको हो । छ्युरिमले गत बैशाख महिनामा आठ दिनमा दुइ पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन । हाल सम्म एकै सिजनमा कसैलेपनि आरोहण नगरेकोले उनले गिनिज बुकमा नाम लेखाउने प्रयास गरेकी छन ।