Responsive Ad Slot

latest

कांग्रेसको बन्दले विभिन्न जिल्लाको जनजीवन प्रभावित I

Wednesday, December 7

/ by Admin BHOLA THAPA

banda

काठमाडौ, मंसिर २१ - तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथि कारागार भित्रै सांघातिक हमला भएको बिरोधमा नेपाली कांग्रेस,तरुण दल, नेविसंघ लगायतले विभिन्न जिल्लाहरुमा बन्दको आव्हान गरेको छ । बन्दका कारण कतिपय जिल्लामा जनजीवन प्रभावित भएको छ । बनाएको विरोधमा आज रुपन्देहीमा बन्द आव्हान गरिएको छ ।
चितवनमा कांग्रेसले आव्हान गरेको बन्दको प्रभाव परेको छ । विरोधमा नेविसंघ चितवनले बुधबारबाट जिल्लाका शैक्षिक संस्थाहरु अनिश्चितकालिन रुपमा बन्दको घोषणा गरेको छ । बन्दका कारण बिहानै देखि यातायात, कलकारखाना, बजार एवं शैक्षिक संस्था ठप्प छन । नेपाली कांग्रेस चितवनका सचिव देवेन्द्र गुरुङद्धारा जारी प्रेस विज्ञप्तिमा बन्द विहान ६ बजे देखि साँझ ५ वजेसम्म जारी हुने छ ।

स्याङजामा तरुण दलले गराएको बन्दका कारण यातायात संचालनमा आएको छैन । विहान ११ बजेवाट वेलुका ६ बजेसम्मका लागि यातायात बन्दको आव्हान गरिएको तरुण दलले जनाएको छ । पूर्वसुचना विना नै अचानक आव्हान गरिएको बन्दले यात्रु र सर्वसाधारण्ले सास्ती भोग्नुपरेको छ ।

बुटवलमा पूर्वपश्चिम उत्तरदक्षिण राजमार्ग भित्री सडक तथा हुलाकीमार्ग सबैमा बिहानैदेखि सवारी ठप्प छन् । बन्दका कारण शिक्षण सस्था, उद्योग कलकारखाना ,व्यापारिक प्रतिष्ठान तथा बजारसमेत खुलेको छैन । बन्दका बीच पनि अत्यावश्यक साधन एम्बुलेन्स , प्रेस तथा अस्पताल र दुधका गाडीभने निर्वाध रुपमा चल्न दिएको तरुणदल रुपन्देही अध्यक्ष चिरञ्जीवी जोशीले बताए । यसअघि हिजो पनि रुपन्देहीमा ४ घण्टा चक्काजाम गरिएको थियो ।

नेपालगंजमा नेबिसंघ र तरुणदलले गरेको बॉके बन्दका कारण यातायात प्रभाबित भएको छ । नेपालगन्जमा सबारी साधन चलेका छैनन् । बुधबार गृहमन्त्री बिजयकुमार गच्छेदार नेपालगन्ज आउने कार्यक्रम छ । सुरक्षा दिन नसेको भन्दै बिहानै देखि बिरोधमा उत्रेका नेबिसंघ र तरुणदलका समर्थकहरुले गृहमन्त्री गच्छेदारलाई राझा बिमान स्थलबाट नेपालगन्ज आउदा अबरोधगर्न सक्ने देखेपछि ठूलाे संख्यामा सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।

दाङमा नेविसंघ र तरुण दलले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । यातायात, शैक्षिक संस्था, व्यापार, व्यवसाय, उद्योग लगाएत सबै क्षेत्र ठप्प भएको छ ।

मंगलबार बिहान तरुण दल अध्यक्ष सहित ५ जना माथि चितवन कारागार भित्रै साङ्घातिक आक्रमण भएको थियो ।

डडेल्धुरामा तरुण दलले आह्वान गरेको बन्दका कारण बिहानैदेखि यातायात, बजार र शैक्षिक संस्था ठप्प रहेका छन् ।

तरुण दल डडेल्धुराले ठांउठांउमा सडकमा ढुंगा राखेर यातायात अवरुद्ध पारेका छन् भने सदरमुकाम वजावजारका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् । त्यसै शैक्षिक संस्थाहरुपनि बन्द गरिएपछि पढाई प्रभावित भएको छ । सुदूरपश्चिमको केन्द्रबिन्दुमा रहेको डडेल्धुराको यातायात, बजार बन्द गरिएपछि सुदूरपश्चिमका अन्य पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराको जनजीवन समेत प्रभावित भएको छ ।

कपिलवस्तुमा कांग्रेसले गरेको बन्दले जिल्लाको जनजीबन नराम्ररी प्रभाबित बनेको छ । कार्यकर्ता चोक चोक र बाटो बाटोमा बसेर सबारीसाधन चल्न दिएका छैनन् ।

पर्वतमा नेविसंघ र तरुणदलले विहान पोखरा–बाग्लुङ राजमार्ग बन्द गराएका छन् ।

दुबै संगठनले सयुक्त रुपमा विहान ९ बजेदेखि १० बजेसम्म १ घण्टा राजमार्ग अबरुद्ध गरेका हुन् । युवाहरुले गृह मन्त्रीको राजीनामा र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै सडकमा नाराबाजी गरेका थिए ।

प्यूठानमा तरुण दलले जिल्ला बन्दको आव्हान गरेको छ । विहनैदेखि जिल्ला भित्र सवारी साधन चलेको छैन । बन्दले जनजिवन प्रभावित बनेको छ । साभार इकान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI