चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ १९, मसिर
मुस्ताङमा करिव चार दशक अगाडी देखि उजाड बारीहरुमा रोपिएका स्याउका बिरुवाले ब्यवसायिक रुप लिदै यस बर्ष करिब २१ करोड मुल्य बराबरको स्याउ उत्पादन भएको छ ।
जिल्ला कृषि बिकास कार्यालय मुस्ताङको तथ्याक अनुसार यस बर्ष ३ हजार ७ सय मेट्रीक टन स्याउ उत्पादन भएको छ । उत्पादीत स्याउ किसानले बोटबाटै पचपन्न रुपैयामा त कतै साठी रुपैयामा थोक बिक्री गरेका छन । करिब ३ हजार मेट्रीक टन भन्दा बढि स्याउ कच्चि मोटरबाटो हुदै जिल्लाबाट बाहिरिएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले बताउनु भयो । केहि स्याउ हवाईमार्ग हुदै बाहिरीएको छभने किसानहरुले स्थानिय बजार, जिल्ला कृषि बिकास कार्यालयले केहिबर्ष अगाडी मार्फा गाबिस स्थित जोमसोम एयरपोर्ट, पुथाङमा बनाएको फलफुल सकलन केन्द्रबाट समेत बिक्रि बितरण भैरहेको छ । किसानहरुले स्याउबाट सुकुटी, जुस, ब्राण्डी लगायतका सामाग्री समेत उत्पादन गर्ने गरेका छन ।
जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, झोङ लगायतका गाविसमा विगतका बर्षको तुलनामा राम्रो उत्पादन भएको थियो । गत बर्ष ३ हजार ५ सय मेट्रीक टन स्याउ उत्पादन भएकोमा यस बर्ष उत्पादन बढेको र मुल्य समेत राम्रो पाइएको कागबेनीका किसान रिनझिन नामग्याल गुरुङले बताउनु भयो । राम्रो उत्पादन र मुल्य पाएको बताउदै टुकुचे स्थित एकै बगैचाबाट २ करोड भन्दा बढिको स्याउ उत्पादन भएको टुकुचेका किसान पथबहादुर थकालीले बताउनु भयो । अन्य बगैचाबाट पनि उत्पादन राम्रो भन्दै झोङो नामको बगैचाबाट टुकुचेबासीले मेहनतको फल राम्रो पाएकाले त्यहा मलको ब्यबस्थापन, स्याउ ठुवानीका लागि सहज बनाउन मोटर जाने कच्चि सडक निमार्ण गरेको थकालीले बताउनु भयो । स्याउले सहज रुपमा बजार पाएकाले कृषक उत्साहित भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
मुस्ताङको ४ सय ५३ हेक्टर जमिनमा १लाख ३५ हजार ९ सय स्याउका बिरुवा लगाइएको मध्ये २ सय ८५ हेक्टरका ८५ हजार ५ सय स्याउका बिरुवाले उत्पादन दिन थालेका छन । स्याउ उत्पादन हुने सबै क्षेत्रमा उच्चस्तरिय प्रविधि अपनाएर खेती गरिएकाले यसपालीको जस्तै मुल्यमा पनि बृद्धी हुँदै गएमा आगामी दुईचार वर्षभित्रै मुस्ताङमा मात्रै एक अरव रुपैयाँ बराबरको स्याउ फलाउन सकिने कृषिविकास कार्यालयको अनुमान छ ।
रेड डेलिसिएस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचर्स रेड, मेकान्टस्, लगायतका स्याउ मुस्ताङमा उत्पादन हुने गरेका छन् । उपल्लो मुस्ताङमा समेत ब्यवसायीक स्याउखेती तर्फ किसानहरु आकर्षित हुन थालेका छन। घमी गाबिसको घिलिङमा बिद्यालयले करिब १ हजार स्याउका बिरुवा लगाउनकै लागि बारी सम्याउने कार्य भैरहेको छ । छुसाङको ग्रिन ताङवे र जोमसोममा सामुदायीक रुपमा स्याउ लगाउन किसानहरु उत्साहित भएका छन । यो बर्ष थप एक सय हेक्टर जमिनमा करिब ४० हजार नयाँ विरुवा लगाउने तयारी गरिरहेको छ । सितोष्ण बागवानी केन्द्र मार्फाले करिब १८ हजार स्याउका बिरुवा जिल्ला कृषि बिकास कार्यालयलाई उपलब्ध गराउने बताइएको छ । नपुग स्याउका बिरुवा जुम्लाबाट ल्याउने तयारी कार्यालयले गरेको छ ।
यो वर्ष मुस्ताङका स्याउका लागि अनुकुल हुनेगरि प्रयाप्त हिउँपात र बर्षा भएको, फल लाग्ने र पाक्ने समयमा मौसमले साथ दिएको, रोगकिराको समयमै नियन्त्रण गरिएको, किसानलाई व्यवसायिक ज्ञानका साथै मुल्य, उत्पादन, स्वाद, माग र गुणस्तर सबै पक्षको एकैसाथ बृद्धी भएको कार्यालयले जनाएको छ । तल्लो मुस्ताङका ९ र उपल्लो मुस्ताङका केही गाविस उत्पादन भएका स्याउले राम्रो मुल्य र बजार पाउन थालेको छ चने कार्यालयले कृषकलाई गुणस्तरिय स्याउ निर्यात होस भनि कार्टुनमा समेत अनुदान दिदै आएको छ ।