सन्देश श्रेष्ठ-पोखरा, ५ पौष/ नेवाः खल कास्कीको आयोजनामा आगामी पौष २३ गते पोखरामा हुने मिस नेवाःका सहभागीहरु प्रशिक्षणमा ब्यस्त रहेका छन् । मिस नेवाः २०६८ को अन्तिम प्रतिष्पर्धाको लागि चयन भएका २२ जना मंसीर २५ गतेदेखी प्रशिक्षणमा रहेका हुन् । मिस नेवाःका प्रतिष्पर्धीहरुलाई हरेक दिन फरक/फरक विषयमा प्रशिक्षण दिईदै आएको प्रतियोगिता मूल आयोजक समितिका संयोजक निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिहरुलाई नेवारी भाषा, कला, संस्कृति, जात्रा, पोखराको आर्थिक, सामाजिक विकास तथा पर्यटन क्षेत्रका साथै ब्यक्तित्व विकास, सकारात्मक सोंच लगायतका विषयमा प्रशिक्षण दिने गरिएको श्रेष्ठले बताउनुभयो ।
प्रशिक्षण शुरु भएको एघारौं दिनसम्म आईपुग्दा प्रतिष्पर्धीहरुले आफूहरुमा निखारता आउनुका साथै आत्मविस्वास पलाएको बताएका छन् । आफूहरुले अहिलेसम्म नजानेका नेवारी भाषा, संस्कृति र परम्पराको बारेमा जानकारी पाउनुका साथै ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणले आफूहरुलाई आत्मवल बढाएको उनीहरुको भनाई छ । प्रतियोगिता अर्न्तर्गत अन्तिम प्रतिष्पर्धा अघी गरिने प्रतिभा प्रस्फूटन कार्यक्रम पुष १८ गते गर्ने तयारी भईरहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगिहरुलाई नेवारी संस्कृति र परम्परा बारे जानकारी दिन पुष १४ वा १५ गते पाल्पाको सदरमुकाम तानसेन भ्रमण गर्राईनेपनि उहाँले बताउनुभयो । नेवारी यूवतीहरुलाई जातीय संस्कृति र परम्परा बारे जानकारी गर्राई नेवार समुदायलाई समेत गोलबद्ध र एकताबद्ध गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेवा खलः कास्कीले जनाएको छ ।
बिभिन्न प्रायोजक मार्फ सहयोग खोजेर आयोजना गरिने कार्यक्रमबाट संकलित रकम नेवाः खलःको सांस्कृतिक कृयाकलाप एवं भौतिक संरचना निर्माणका लागि खर्चिने जनाईएको छ । मिस नेवाः२०६८ का बिजेता एवम् उप बिजेतालाई नगद सहित बिभिन्न आकर्ष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।